थप समाचारआइतबार, बैशाख ६, २०७२
सभासद् खड्काले शपथ ग्रहण गरिन्
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नवनिर्वाचित सभासद् चम्पा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
संविधानसभा सचिवालय सिंहदरबारमा ६ वैशाखमा आयोजित कार्यक्रममा गत २८ चैतमा नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य पदमा निर्वाचित चम्पा खड्कालाई सभाध्यक्ष नेम्वाङले शपथ दिलाएका हुन् ।
समारोहमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, सभासद् खड्काको परिवारजनलगायतको उपस्थिति थियो ।
शपथपछि सभासद् खड्काले संविधान निर्माण प्रक्रियालाई पूर्णता दिन आफूले सकेको सहयोग गर्ने र आफ्ना पति हरिबहादुर खड्काको सपना पूरा गर्ने संक्षिप्त प्रतिक्रिया दिइन् ।
सवारी दुर्घटनामा हरिबहादुर खड्काको निधन भएपछि सो पद रिक्त भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
