Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मान्ठा डराउने जुग नआओस - Himalkhabar.com

ब्लगआइतबार, बैशाख ६, २०७२

मान्ठा डराउने जुग नआओस

श्रीभक्त खनाल

पत्रकार मोहन मैनालीको ‘मान्ठा डराएको जुग’ पुस्तकको एउटा अध्याय पढेपछि मेरा मनमा अनेक तरंग आए । कति सरल र मीठो भाषामा उनले लेखेका रहेछन द्वन्द्वकालका अनुभव ।

त्यो जुगमा डराएका माण्ठा (मान्छे) मध्ये म पनि थिएँ । आफूँ हिडेका ठाउँ र भेटिएका पात्र मेरा मनमा एकैचोटी पहिरो झै आए । कसको कुरा लेख्ने कसको नलेख्ने ?

त्यतिबेला सर्वसाधारण डराएका थिए । सेना डराएका थिए । प्रहरी डराएका थिए । पत्रकार डराएका थिए । माओवादी डराएका थिए । नेपालमा काम गर्ने अन्तराष्ट्रिय संस्थाका प्रतिनिधि डराएका थिए र मैनालीले भने झै जुग नै डराएको थिए ।

समाचार छापिएपछि थवाङ र भद्रकाली हेडक्वाटर्स समाचारका अक्षर गन्थे र हिसाब गर्थे कसको भागमा कति प्रतिशत समाचार पर्‍यो भनेर । यसका आधारमा समाचार लेख्ने पत्रकारलाई कताको हो भनी वर्गीकरण गरिन्थ्यो ।

म जस्तो कुनै पनि पार्टीको सदस्य नभएको र समाचारलाई समाचारकै रुपमा मात्र प्रस्तुत गर्ने पत्रकारलाई पनि एउटा पार्टीमा राखिदिन्थे । सबै मान्ठाका कथा भन्न सम्भव छैन । त्यसो गर्नु पनि पर्दैन किनभने मान्छे र उनीहरुले पाएको यातनाको प्रकृति मात्र फरक थियो, पीडा सबैको एउटै ।

म अहिले सक्रिय पत्रकारितामा छैन । त्यसबेला डायरी पनि बनाइएन । त्यही भएर खास ठाउँ, मान्छेको पूर्ण विवरण र मिति सम्झन गाह्रो भयो । ती मानिस कहाँ, कस्तो अवस्थामा छन्, त्यो पनि थाहा छैन ।

maghमाण्ठ नं १:
द्वन्द्वकालमा लमजुुङ पुगेको थिएँ । कसैले बतायो–फलानो ठाउँमा मीनबहादुर भण्डारी नामका मानिस छन् र जासुस भएको आरोप लगाएर माओवादीले उनको एउटा गोडा काटिदिएका छन् ।

भण्डारीलाई भेट्न पुग्दा उनी घरमा रैनछन् । बोलाउन पठाएँ र घरको पिढीँमा पर्र्र्र्खिएँ । आधा घण्टा जति पछि वैशाखी टेक्दै उनी आए र भने, “को हुनुहुन्छ कुन्नि, लौ म त मर्नलाई आएँ हजुर ।”

ओहो कस्तो जुग ! नचिनेको मान्छेलाई देख्दा मार्न आएको ठानेर आफैलाई पर्सिने । अवाक् भएँ । उनले आफ्ना बारेमा बताए– आक्रमणपछि माओवादीले मर्‍यो भनेर छोडेका उनलाई तत्काल उद्दार गरिएकाले बाँचेका रहेछन् ।

जोडिने आशामा काटेर छिनालिएको गोडालाई डोकामा राखेर उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइयो तर गोडा जोडिएन, संभव भएन । धेरै समय अस्पताल बसेर घर फर्किएका उनी नौलौ मान्छे आयो कि मार्नै आए जस्तो लाग्छ भन्थे । कठै त्यो जुग, ती मान्छे, ती पीडा !

माण्ठ नं २: काठमाण्डौंमा मेरो घर थिएन । डेरामा महत्वपूर्ण सामग्री थिए जो भविष्यमा अध्ययन अनुसन्धानका लागि उपयुक्त थिए । माओवादीका पोस्टर, हस्तलिखित दस्तावेज र अन्य थुप्रै पुस्तक टिनको बाकसमा हालेर गोङ्गबु स्थित साथी दिनेश लोहनीको घरमा लगेर राखेँ ।

केही महिना पछि म छात्रबृति पाएर अध्ययनका लागि डेनमार्क गए । पढाई सकेर फर्किए पछि ती सामग्री हेर्न मन लाग्यो र बाकसका बारेमा सोधे । उनले भने केही दिन अघि राती घर घरमा सेना आएका थिए । मध्यरातमा सुतेकालाई उठाउँदै घरको खानतलासी लिए । दुई घर पर्तिरसम्म खानतलासी लिँइसक्दाँ मिर्मिरे भएपछि खानतलासी स्थगन गरी सेना फर्किए ।

सेना फर्र्र्किए भन्ने थाहा पाएपछि दिनेशले सबै सामग्री घर अगाडि जलाएछन् । डढेका पुस्तकका पानाका अक्षर बुझिएला कि भनेर पानी खन्याएछन् । उनले मलाई सोधे, “ज्यान ठूलो कि सामग्री ?”
मसँग उत्तर थिएन ।

मान्ठ नं ३: सुर्खेतको राकममा माओवादी र सरकारी सुरक्षाकर्मी बिच भीडन्त भयो, मारमा परे सर्वसाधारण ।
गोली बारुदको दोहोरो प्रहारले खरको छानोमा आगो सल्कियो । थुप्रै गरिबका घर खरानी भए । म त्यहाँ पुग्दा डढेका धान चामल र कपडाको गन्ध बस्तीमा फैलिएको थियो ।

गोबरका थुप्रा जस्ता काला काला बस्तु पनि भेटिए । दाउराले यसो पल्टाएर हेरे । ती जलेका भाँडाकुँडाका अवशेष थिए । समाचार सँगसँगै जमिनमा छरिएका थ्री नट थ्री र अन्य राइफलका पड्किसेकका खोका संकलन गरें । सोचें यी भविश्यमा काम लाग्न सक्छन् । आगामी पुस्ताको लागि एउटा इतिहास हुनेछ । अन्यन्तै डरका साथ काठमाडौं ल्याए तिनलाई । कसकोमा राख्ने ? समस्या आइलाग्यो ।

अन्तराष्ट्रिय रेडक्रस (आइसीआरसी) ले मद्दत गर्ला भने लाग्यो र हानिएँ नयाँ बानेश्वर । त्यहाँ कार्यरत जँ क्लड एसनबर्गरलाई चिनेको थिए । उनलाई देशमा शान्ति छाएपछि फिर्ता पाउने गरी ती सामान राखिदिन आग्रह गरें ।

“ब्यक्तिगत रुपमा यी मेरा सामग्री हुन तर, यिनले इतिहास बोकेका छन् । इतिहासलाई जोगाउन पनि कृपया यी सामान तपाइले राख्ने प्रवन्ध मिलाईदिनुहोस ।”

उनी नेपाली बोल्थे र अनुवादकको काम गर्थे । मेरो आग्रह ठाडै अस्वीकार गरिदिए । बडा अप्ठेरो समयमा कसले राखिदिन्थ्यो खोका ? विदेशी भएकोले उनी प्रति मलाई अलिकति आशा जागेको थियो । मान्छेको मूल्य नभएको समयमा त्यसको के मूल्य ? दिक्क लाग्यो ।

अर्को दिन गल्कुपाखाको डेराबाट निस्केर बालजु चोक नजिक विष्णुमति पुल माथि पुगेँ । पुलबाट खोका भएको प्लाष्टिकको पोको फालिदिए । असीम पीडा भयो । आफैलाई पुलबाट हुत्याए जस्तो भो । पाँच मिनेट जति टोलाएर हेरे प्लाटिकको पोको लेदोमा झन झन गाँडिदै गयोे । रुमालले मुख पुछेर कोठामा फर्किएँ ।

कुनै ठूलो अपराध गरेको आभास भो, रातभर निन्द्रा लागेन । घटनाको धेरै वर्ष पछि राकम पीडितलाई थोरै भए पनि राहत मिल्यो भन्ने सुने, मनमा थोरै सन्तोष भयो ।

bhadraमान्ठ नं ४: सेनाद्वारा मारिएकी काभ्रेकी बालिका मैना सुनारसँगै समातिएकी थिइन बिमला विक । उनकै भनाईमा माओवादी भएको आरोप लगाएर उनलाई चरम यातना दिइएको थियो ।

कुनै ठाउँमा कसैको सहयोगमा मैले उनलाई भेटेको थिएँ । (लाग्छ, सहयोगी र स्थान खुलाउने समय अझै आइपुगेको छैन्) । उनले मलाई गोडा र पाखुराका विभिन्न ठाउँमा ब्लेडले चिरेर नुन खुर्सानी दलिएका खत देखाइन् ।

मानवीय आधारमा उनलाई केही सहयोग जुटाईदिएँ । पछि उनलाई डिल्लीबजार जेल चलान गरिएको थियो । जेलबाट छुटेपछि उनी कता गइन मरिगए पत्तो लगाउन सकिएन । मैले सुने अनुसार माओवादी र सेना दुबैले निगरानीमा परेपछि उनी सम्पर्क विहिन भएकी थिइन् ।

मान्ठ नं ५: लमजङ दुराडाँडामा शिक्षक मुक्तिनाथ अधिकारीलाई माओवादीले २०५८ सालमा मारे । म कार्यरत संस्था हिमालखबर पत्रिकाका सम्पादक राजेन्द्र दाहालको सुझावमा म समाचार संकलन गर्न गएँ । हात पछाडि बाँधेर रुखमा झुण्ड्याएको शवको फोटो कसैले खिचेको थियो । त्यो मेरो हात पर्‍यो ।

एकजना विद्यार्थीको मोटो गाता भएको पुरानो कापी मागे । मोटो गातालाई दुई भाग हुने गरी उधारे र त्यस भित्र फोटो राखेर त्यसमा जिल्दा लगाएँ । दुराडाँडाबाट काठमाडौं आउँदा बाटोमा भोग्नुपर्ने अनेकौं खानतलासीबाट बच्न त्यसो गरेको थिए । यो रहस्य अहिले खोलेको हुँ । फोटो कसले खिचेको भन्ने कुरा हिमाल खबरपत्रिका र मैले अहिले सम्म खुलाएका छैनौं ।

हिमाल खबरपत्रिकामा काम गर्दा नै रिपोर्टिङका लागि रुकुमको गरायला पुगेको थिएँ । बस्ने खाने प्रवन्ध माओवादीले मिलाए । एउटा घरको तलामा सुत्ने ब्यवस्था भयो ।

खाट नजिक झ्याल थियो । सेनासँग लुटिएका दुईटा ह्यान्ड ग्रिनेड झ्यालमा तयारी अवस्थामा राखिए । बाँकी ग्रिनेड ऊनीको झोलामा । मसँगै सुतेका माओवादी घुर्न थाले तर बम बारुदसँग अभ्यस्त नभएको मलाई सिरानीनेर विस्फोटक पदार्थ देख्दा देख्दै कसरी निन्द्रा परथ्र्यो र ! आँखा झिमिक्कै नगरी बिहान भयो ।

कुरा उही लडाइँका बेलाको हो । रोल्पा जाँदै थिएँ । गाडी सुलिचौरमा रोकियो । प्रहरी चौकी अगाडि चेक जाँचका लागि । एक यात्रुले गाडीको छतमा फलामको फ्रेम भित्र कुखुरा राखेर सदरमुकाम लिवाङ लाँदै थिए ।

एक जना प्रहरी दुइटा कुखरा बाहिर निकालेर चौकितिर लम्किए । चेकजाँच सकियो । गाडी अगाडि बढ्यो । को, कहाँबाट, किन, कसलाई, कसरी, कहिले ? जस्तै अनेकौ अड्चन ब्योहोर्नु भन्दा दुईटा कुखुरा मन्साएर नै अगाडि बढ्ने नीति सबैलाई उपयुक्त लाग्यो । हामी सबै मुखामुख ग¥यौं । तै चुप मै चुप ।

बसको झ्यालबाट यसो बाहिर हेर्छु त अजङ्गको सिमलको रुखमा बाँसको भर्‍याङ बनाएर मचान बनाइएको रहेछ । मचानमा थ्रि नट थ्री बोकेका प्रहरी तैनाथ थिए । मैले सुने अनुसार धेरैजसो प्रहरी दिउसो सुत्थे र रातभरी जाग्राम बस्थे । हतियार बोकेर पनि उनीहरु हामीभन्दा बढी डराएका थिए ।

अब अन्तिम भोगाईबाट लेखको बिट मार्छु । गोर्खा र तनहुँ जोड्ने ठाउँमा मस्र्याङदी नदी माथि सेनाले बेली ब्रिज हालेको थियो । जोडेको केही दिनमा पुल लच्कियो ।

उर्लदो भेल नजिक बसेर एउटा मानिस ढुंगा थुपार्दै थियो । फिल्म वाला यासिका क्यामराबाट सबै दृश्य आउने गरी एक क्लिक गरेपछि उसले भन्यो-
“के गरको ?’
“फोटो खिचेको ।”
किन खिचेको ?
“पुल राम्रो लागेर ।”
“कसले खिच्न पठायो ?”
“आफ्नै मनले । ”
“के काम गर्छौ ?”
“पत्रकारिता । ”
ती सेनाका मान्छे हुन भन्ने छनक कुराबाटै थाहा पाइन्थ्यो । एक क्लिक फोटो खिच्दैमा केही बिग्रेको थिएन । उनले मलाई केही घण्टा केरकार गरे । गोली ठोक्ने धम्की दिनेदेखि पत्रकारिताको कक्षा समेत लिन भ्याए ।

पत्रकारिता के हो ? नेपालमा पत्रकारिताको अवस्था कुन ढंगले गएको छ ? अरु देशमा पत्रकारिताको अवस्था के छ भन्ने देखि लिएर उनले भ्रमण गरेका देश र त्यहाँ उनले गरेका बहादुरीको वर्णन गर्न सम्म भ्याए ।

सवाल जवाफ गरेर कुनै फाइदा नहुने देखेर मैले टाउँको मात्र हल्लाईरहँे । अन्तिममा उनले मलाई चाहेको भए गोली ठोक्न सक्ने बताउँदै मेरो मोबाइल नम्बर मागे । मैले दिएँ ।

उनले आफ्नो सालोको नम्बर दिएर भने, “यो क्यामराको फिल्म चाहेको भए मैले निकाल्न सक्थेँ तर, तिमीले फिल्म धोएर नेगेटिभ बनेपछि त्यो काटेर मेरो सालोलाई दिनु । शंकरदेव क्याम्पस नेर घर छ । ऊ लिन आउँछ ।”

मैले एउटा फोटो प्रिन्ट गरेर फिल्म दिन सक्थें तर त्यसो गर्न सकिनँ । फिल्म काटेर उसको सालोलाई दिएँ किनकि म पनि माण्ठा डराएको जुगको एक माण्ठा थिएँ र मूर्खको ओखती हुन्न भन्ने पनि पढेको थिएँ ।

खोटाङमा मारिएका हर्कबहादुर राईको हत्या सम्वन्धी समाचार संकलन गर्न चिसापानी पुगेको थिए । उति बेलाको किराँत राष्ट्रिय मुक्ति मोर्चा र माओवादी बिच उनलाई मार्ने नमार्ने भन्ने सन्दर्भमा विवाद भएको थियो ।

जातियताको कुरा भर्खर उठाइँदै थियो र चिसापनीमा रहेको विपी कोइरालाको सालिक तोडफोड गरिएको थियो ।

१ फागुन २०५८ मा हिमाल खबरपत्रिकामा छापिएको ‘घातक साँठगाँठ’ नामको कभर स्टोरीले नेपालमा जातियताको मुद्दा कसरी अघि बढ्न लागेको छ भन्ने छनक दिएको थियो । सो आलेख छापिएपछि मलाई निकै धम्की आए ।

जातियताको विषय नेपालमा कसरी र कुन तरिकाले जाँदैछ भनी तेह्र वर्ष अगाडि नै त्यो आलेख छापिएको थियो । त्यसयता विषयले अनेकौं श्रृंखला पार गरेको छ । चुच्चे, थेप्पे, मधेशी, पहाडी, धार्मिकता, पहिचानवादी जस्ता अनेक रंग त्यसमा मिसिएका छन् ।

थाहा छैन यसले देशलाई कहाँ पुर्‍याउँछ ? आशा गरौं फेरि मान्ठासँग मान्ठा डराउने जुग नआओस ।

shreebhakta@gmail.com
पूर्व पत्रकार खनाल हाल पोर्चुगलमा छन्

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>