थप समाचारसोमबार, बैशाख ७, २०७२
बत्तीस लाखले एमआरपी लिए
गत चैत मसान्तसम्म तीन वर्षमा ३२ लाख २० हजार ८९४ जनाले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) लिएका छन् ।
विसं २०६७ पुस ११ गतेबाट सरकारले एमआरपी दिन शुरु गरेको थियो । २०७१ चैत मसान्तसम्म आइपुग्दा ३२ लाख २० हजार ८९४ जनाले एमआरपी लिएको राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए ।
जसमध्ये केन्द्रीय विभाग नारायणहिटीबाट १२ लाख ४३ हजार ३५, जिल्लाहरुबाट १६ लाख एक हजार ४६ र विदेशी कुटनीतिक नियोगबाट ११ लाख २१ हजार ७७ जनाले एमआरपी लिएका छन् ।
एमआरपी लिन शुरु भएको समयमा भीड हुने गरेको विभागमा अहिले सेवाको प्रभावकारीतासँगै भीड कम भएको छ ।
विभागका महानिर्देशक थापा भने पहिला पासपोर्ट भर्ने र लिने समय निश्चित दिन तोकिएकाले भीड भए पनि अहिले जुनसुकै बेला राहदानी दिने व्यवस्था मिलाएकाले भीडमा कमी आएको बताउँछन् ।
अहिले सरकारले १२ घन्टे सेवा दिएसँगै एमआरपी लिनेको भीडमा कम आएको छ ।
पहिले फर्म र तस्वीर नमिलेको व्यक्तिले एक हप्तापछि मात्र आफ्नो फर्म र तस्वीर नमिलेको थाहा पाउने गरे पनि अहिले नमिलेका फर्मलाई तत्काल एसएमएस गरेर समेत सेवाग्राहीलाई थाहा दिँदा सजिलो भएको थापाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
