समाचारसोमबार, बैशाख ७, २०७२

सांसद विकास कोषमा मनपरी: प्रतिवेदन

हिमालखबर

सांसद विकास कोषको नामले चिनिने निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम छनौटमा बेथिति देखिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

अधिकांश जिल्लामा दुवै कार्यक्रमको छनौट कार्यकर्ता रिझाउने र मतदाता प्रभाव पार्ने ढङ्गले गरेको पाइएको सूचनाको हकका लागि नागरिक अभियान (सिसिआरआई)ले गरेको अध्ययनले देखाएको हो ।

कोषको कार्यक्रम छनौट गर्दा निर्देशिकाविपरीत भएको पाइएको ७ वैशाखमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

निर्वाचन क्षेत्र विशेष पूर्वाधार कार्यक्रमको बजेट रु पाँच करोड पुर्‍याउन सभासद्हरुले माग गरिरहेको समयमा रु एक करोड खर्च नै अपारदर्शी भएको अध्ययनले देखाएको छ ।

कार्यक्रममा अभियानका अध्यक्ष तारानाथ दाहालले कोषको नाममा सरकारी स्रोत साधनको व्यापक दुरुपयोग भएको बताए ।
“सांसद विकास कोषको दुरुपयोगबारे छानबिन आवश्यक छ”– उनले भने ।

कोषको कार्यक्रमबारे अध्ययन गरेका फ्रिडम फोरमका अनिरुद्र न्यौपानेले कार्यकर्तालाई खुसी बनाउन नियमावलीविपरीत रकम बाँडिएको बताए ।

ओखलढुङ्गा, दोलखा, सर्लाही, तनहुँ, रोल्पा र अछाम गरी छ जिल्लालाई आधार मानेर अध्ययन् गरिएको थियो ।
अभियानले ७५ वटै जिल्लाको कोषका कार्यक्रमसम्बन्धी सूचना माग गरेपनि ५३ जिल्लाको सूचनामात्र उपलब्ध भएको सो अवसरमा जानकारी दिइएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>