समाचारशनिबार, कार्तिक १८, २०६९

ओलीलाई तत्काल भारत नलगिने

सञ्जीव शर्मा

नर्भीक अस्पतालमा उपचाररत् ओली । तस्बीरः रासस

ओलीको स्वास्थ्यस्थितमा सुधार देखिएकोले उनलाई थप उपचारका लागि तत्काल भारत लग्नु जरुरी नभएको चिकित्सकलाई उद्धृत गर्दै ओलीका स्वकीय सचिव इन्द्र भण्डारीले जानकारी दिए ।

ओलीको स्वास्थ्यस्थितिमा सुधार आए पनि मृगौला प्रत्यारोपणका विरामी भएकाले थप परीक्षण र उपचारका लागि भारतको दिल्ली नजिक गुडगावंस्थित मेदान्ता अस्पतालमा लैजान काठमाडौंको नर्भिक अस्पतालले रेफर गरेको थियो । ओली हाल नर्भिक अस्पतालको सघन उपचार कक्षमा उपचाररत छन् ।

आवश्यक भएमा १९ कार्तिकमा एअर एम्बुलेन्स बोलाएर भारत लैजान सकिने पनि भण्डारीले जानकारी दिए ।

ओलीलाई एअर एम्बुलेन्सबाट गुडगावं लगिंदै

नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीलाई थप उपचारका लागि एअर एम्बुलेन्सबाट हरियाणको गुडगावंस्थित मेदान्ता अस्पतालमा लगिदैछ ।

शनिबार , १८ कात्तिक २०६९ १:२२ पम

रुघा खोकी लागेर छातीमा संक्रमण भएपछि १७ कार्तिकमा काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका ओलीको स्वास्थ्यमा सुधार आए पनि मृगौला प्रत्यारोपणका विरामी भएकाले थप परीक्षण र उपचारका लागि भारतको हरियाणा राज्यको गुडगावंस्थित मेदान्ता अस्पतालमा रेफर गरिएको नर्भिक अस्पतालले जनाएको छ ।

ओलीलाई लिन दिल्लीबाट एअर एम्बुलेन्स आउँदै गरेको उनका स्वकीय सचिव इन्द्र भण्डारीले जानकारी दिए ।

नर्भिक अस्पतालले १८ कार्तिकमा विज्ञप्ति जारी गर्दै नेता ओलीको छातीमा निमोनिया र सेप्टिसेमिया देखिएको जनाएको छ । ओलीलाई इन्भासिभ भेन्टिलेटर सपोर्टमा राखिएको र एण्टिबायोटिक औषधी दिइएको विज्ञप्तिमा उल्लेख छ ।

ओलीको उपचारमा चिकित्सकहरु रमेश चोख्यानी, राजेन्द्र अग्रवाल, भरत रावत, बजेन्द्र श्रीवास्तव र दिलिप सिंह संलग्न थिए ।

एसियाली राजनीतिक दलहरूको सम्मेलनमा भाग लिन मेक्सिको गएर फर्कने क्रममा ओलीलाई उच्च ज्वरो आएपछि अमेरिकाको न्युयोर्कस्थित नर्थ शोर अस्पताल भर्ना गरिएको थियो । अमेरिकाबाट उपचार गरी फर्किएको केही दिनमै ओली फेरि विरामी परेका हुन् ।

चार वर्षअघि ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>