थप समाचारबुधबार, बैशाख ९, २०७२
सञ्चारकर्मी उमा सिंह हत्याको मुख्य योजनाकारलाई जन्म कैद

उमा सिंह
पत्रकार उमा सिंहको हत्या भएको ८ वर्षपछि हत्याको मुख्य योजनाकार स्वामीजी भनिने उमेश यादवलाई जिल्ला अदालत धनुषाले जन्म कैदको फैसला सुनाएको छ ।
जिल्ला अदालतका मुख्य न्यायाधीश कृष्णबहादुर थापाको इजलासले ९ वैशाखमा यादवलाई हत्याको दोषी ठहर गर्दै उक्त फैसला गरेको हो ।
तराई एकता परिषद् नामक सशस्त्र सङ्गठन निर्माण गरेका यादवले सिंहको २७ पुस २०६५ मा आफ्नै डेरामा खाना पकाइएरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
जनकपुर उप महानगरपालिकाको रजौलस्थित घरमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको उनको उपचारका लागि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको थियो । सिंहको हत्यापछि उमेश फरार भएर विभिन्न स्थानमा लुक्दै आएका थिए ।
प्रहरीले करिब एक वर्षअघि उमेशलाई पश्चिम धनगढीको गौरिफन्टाबाट पक्राउ गरेको थियो ।
पक्राउ गरेपछि उमेशलाई जिल्ला अदालतमा उपस्थित गराउँदा उनलाई पुर्पक्षको लागि थुनामा पठाइएको थियो । उक्त मुद्दामा सुनवाई गर्दै अदालतले यादवलाई जन्मकैदको आदेश दिएको हो ।
घटनामा संलग्न रहेकी उमा सिंहकी भाउजु ललितादेवी सिंह र उमेश यादवको सहयोगीको भूमिका खेलेका नेमलाल पासवानलाई यसअघि नै अदालतले जन्मकैदको आदेश गरेको थियो ।
उनीहरू अहिले महोत्तरी र सिरहा कारागारमा कैदी जिवन बिताइरहेका छन् ।
ईश्वरचन्द्र झा, जनकपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
