Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालले सेमिफाइनलमा भारतको सामना गर्ने - Himalkhabar.com

खेलकुदबिहीबार, बैशाख १०, २०७२

नेपालले सेमिफाइनलमा भारतको सामना गर्ने

हिमालखबर

नेपाली खेलाडीलाई पछ्याउँदै इरानी खेलाडी

नेपाली खेलाडीलाई पछ्याउँदै इरानी खेलाडी

चौध वर्षमुनि महिला खेलाडी सम्मिलित एएफसी यु–१४ गर्ल्स रिजनल च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता भारतसँग दशरथ रङ्गशालामा ११ वैशाख, शुक्रबार दिउँसो १ बजे प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणमा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हासिल गर्दै नौ अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा इरानलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा माल्दिभ्सलाई १०–० र तेस्रो तथा अन्तिम खेलमा श्रीलङ्कामाथि ८–० को फराकिलो गोलअन्तरले विजय हासिल गरेको थियो । नेपालले जारी प्रतियोगितामा २१ गोल गरेको छ ।

दशरथ रंगशालामै शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलमा समूह ‘बी’ का विजेता बङ्गलादेशले समूह ‘ए’ को उपविजेता इरानसँग दिउँसो ४ बजे भिड्नेछ ।

प्रतियोगितामा बङ्गलादेश भुटानलई १६–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने इरानले माल्दिभ्सलाई १८–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

सात राष्ट्रले भाग लिएको प्रतियोगितामा माल्दिभ्स, श्रीलङ्का र भुटान प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>