खेलकुदशुक्रबार, बैशाख ११, २०७२

फाइनलमा नेपाल र बंगलादेश भिड्ने

हिमालखबर

Nepal vs India

तस्वीरः गोलनेपाल डटकमबाट साभार

एसियाली फुटबल महासंघ(एएफसी) यु–१४ महिला क्षेत्रीय च्याम्पियनसीपको फाईनल खेल नेपाल र बंगलादेशबीच हुने भएको छ । बंगलादेशले इरानलाई २–० गोल अन्तरले पराजित गरेर टीम नेपालसँगको भेट पक्का गरेको हो ।

भारतलाई पराजित गर्दै नेपाल फाईनलमा

नेपाल एसियाली फुटबल महासंघ(एएफसी) यु–१४ महिला क्षेत्रीय च्याम्पियनसीपको फाईनलमा पुगेको छ । राजधानीस्थित दशरथ रंगशालामा ११ बैशाखमा भारतलाई १–० गोल अन्तरले पराजित गर्दै टीम नेपालले फाईनल यात्रा तय गरेको हो ।

टीम नेपालका लागि निर्मला उपाध्यायले खेलको ४६ औं मिनेटमा गरेकी गोल निर्णायक भएको हो ।

समूह चरणमा नेपालले ईरानलाई ३–२, श्रीलंकालाई ८–० र माल्दिभ्सलाई १०–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...