थप समाचारशुक्रबार, बैशाख ११, २०७२
सडक माथिबाट ढुंगा खस्दा मोटरसाइकल चालकको मृत्यु, दुई विदेशीसहित तीन घाइते
पाल्पाको मदनपोखरा तल्लो डुम्रे निरको गौडेपुल अगाडि गुडिरहेको मोटरसाईकललाई माथिबाट खसेको ढुंगोले लाग्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक मदनपोखरा १ डाँडाडुमका ४० वर्षीय अमृत श्रेष्ठको ज्यान गएको हो ।
मोटरसाइकलमा पछाडि बसेकी मुर्गिया, रुपन्देहीकी २४ वर्षीया अन्जु सारु घाईते भएकी छन् । त्यसैगरी अर्को मोटरसाइकलमा रहेका दुई इटालियन नागरिक पनि घाइते भएका छन् ।
आफ्नो अगाडि जाँदै गरेको मोटरसाइकललाई पहिरो खसेर लडाएको देखेर अत्तालिंदा दुर्घटना भएको उनीहरुको भनाई छ ।
गुडिरहेको मोटरसाईकल छोडेर सडकमै उछिट्टीएका उनीहरुको मोटरसाईकल भने सडक देखि ५० मिटर तल डुम्रे खोलामा खसेको थियो । सामान्य घाईते भएका इटालीयन नागरिकद्वय लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारपछि फर्किएका छन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पामा पर्ने गौडेपुल निर धुले पहिरोसँगै खसेको ढुगाले पाल्पा बाट बुटवल जादै गरेको लु २० प ४३ ९२ नम्बरको मोटरसाईकललाई लाग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।
देब पचभैया, पाल्पा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
