ब्लगशनिबार, बैशाख १२, २०७२
भुकम्पपछिको काठमाडौं (फोटो फिचर)
दिउसो करिब १२ बजे गएको भूकम्पबाट काठमाडौ र पाटन क्षेत्रका पुराना घरहरु भत्किएका छन् । काठमाडौको धरहरा पुर्ण रुपले क्षती भएको छ भने ३ वजेसम्म पनि उद्धार कार्य जारी छ । करिब १५० जना मानीस पुरिएको अनुमान गरिएको छ । बसन्तपुर दरबार स्क्वायर, काष्ठमण्डप लगायतका पुराना मठ मन्दिर भत्किएकाछन् ।
काठमाडौ र पाटनका विभिन्न स्थानमा स्थलगत रुपमा पुग्दा मानीसहरु घर छाडेर खुल्ला स्थानमा बसीरहेकाछन् । खुल्लामञ्च, टुडीखेल लगायता खुल्ला स्थानहरु मानीसले भरिएकाछन् । धरहरा क्षेत्रमा रमितेहरुको भीड बढदा उद्धारमा कठिनाई भईरहेको छ । कमलपोखरी नजिकैको पुरानो घर भत्कदा पुरिएकाका २ जनाको शव निकालिएको छ भने उद्धार जारी छ ।
सबैजसो अस्पतालहरुका बिरामी सम्भावीत आउनसक्ने भुकम्पलाई ध्यानमा राखेर सडक र खुल्ला ठाउँमा सारिएकाछन् । चावहिल आसपासका अस्पतालहरुका बिरामीलाई सडकमैगरिरहेकााछन् । टिचीड अस्पतालमा दिउसो सम्मममा ६० जनाको शव रहेको बताईएको छ । भुकम्पबाट भएको जनधनको क्षतीको विवरण आईसकेको छैन् । हेर्नुस तस्बीर :
तस्बीरहरु: डम्बरकृष्ण श्रेष्ठ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
