थप समाचारसोमबार, बैशाख १४, २०७२

काभ्रेमा १९३ जनाको मृत्यु, ७०० बढी घाइते

हिमालखबर

kavreकाभ्रेपलाञ्चोक जिल्लामा भूकम्पबाट अहिलेसम्म १९३ जनाको मृत्यु भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार ७०० भन्दा बढी घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार करिब २५ हजार घर क्षतिग्रस्त हुनुका साथै एक लाख मानिस विस्थापित भएका छन् ।
प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले जिल्लाका वनखुचौर र पोखरीचौरी गाविसका भूकम्प पीडितको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोगमा ल्याउन लागिएको बताए।

उनका अनुसार पाँचखाल नगरपालिकामा सबैभन्दा बढी ४९ जना, महादेवस्थान गाविसमा १७ जना तथा गौरीविसौना देउपुर र नयागाउँ देउपुर गाविसमा १६/१६ जनाको मृत्यु भएको छ ।

“करिब ८५ प्रतिशत घर क्षतिग्रस्त भएको उनको भनाइ छ । पीडितलाई त्रिपाल र खानाको समेत समस्या भइरहेको छ ।

यसैबीच, बनेपा नगरपालिकाले नगरवासीलाई खुला चौरमा व्यवस्थित गर्न विपद् सामग्रीको वितरण थालेको छ । सभासद्, राजनीतिक दललगायतको आज बसेको सर्वपक्षीय बैठकले विपद् सामग्री उपलब्ध गराउन रकम छुट्याउने निर्णय समेत गरेको छ ।

बनेपा नगरपालिकाका कार्यकारी अधिकृत सुरेश दाहालका अनुसार जिविसले रु १५ लाख, पाँचखाल नगरपालिकाले रु तीन लाख, धुलिखेल, पनौती र काँशीखण्ड नगरपालिकाले रु दुई/दुई लाख तथा जिल्लाका सम्पूर्ण गाविसले रु ५०/५० हजार रकम छुट्याउने निर्णय बैठकमा गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>