थप समाचारसोमबार, बैशाख १४, २०७२

महाभूकम्पः त्रास कायमै, उद्धार जारी (फोटो फिचर)

डम्बरकृष्ण श्रेष्ठ

महाभूकम्पको तेस्रो दिनसम्म पनि त्रास हटेको छैन । राजधानी लगायतका स्थानमा उद्धार, राहत र शव निकाल्ने कार्य जारी छ ।

d3
सरकारले सोमबारसम्म देशभर ४ हजारको मृत्यु र करिब ६ हजार घाईते भएको जानकारी दिएको छ ।

सोमबार राजधानीका विभिन्न स्थानमा स्थलगत रिपोर्टीङमा पुग्दा सबै जसो घरहरु सुनसान छन् भने मानिसहरु नजिकैका खुल्ला स्थानमा पाल टाँगेर बसेका छन् । आईतबार राति भूकम्पको धक्कासँगै पानी परेकाले अधिकांशले रुझ्दै रात कट्नु परेको थियो ।

शहरी क्षेत्रका भग्नावशेष अझै हटाउन सकिएको छैन् । उद्धार भईरहेका क्षेत्रबाट विदेशी टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेका छन् ।
वसन्तपुर दरबार क्षेत्रका भग्नावशेषबाट शव निकालिंदै छ । सुन्धारा क्षेत्रमा भत्केको धरहरा हेर्न आउनेको घुइँचो छ ।

उता गोंगबु बसपार्क क्षेत्रमा समेत चिनियाँ, भारतीय र नेपाली सेनासहितको उद्धार टोली उद्धारमा संलग्न छ । साँघुरो गल्लीभित्रका घरहरु पूर्ण रुपमा भत्केकाले गल्ली भित्र डोजर लगायतका ह्याभी इक्युपमेण्ट लैजान कठिनाई भईरहेको छ ।

चिनियाँ टोलीले आफूसँगै ल्याएका इलेक्ट्रोनिक्स डिभाईसहरु समेत प्रयोग गरेर उद्धार गरिरहेको छ भने नेपाली सेनाका जवानहरुले भित्री गल्लीको इँटा र ढुङ्गाहरु हटाइरहेका छन् ।

बसपार्क क्षेत्रबाट राजधानी बाहिर जाने सीमित साना गाडी र माईक्रो बस चल्न थालेकाले भीड बढेको छ ।

राजधानी भित्र रहेका खुल्लास्थलहरु सबै मानीसहरुले भरिएकाछन् । खुल्ला मञ्च, रत्नपार्क, टुडीखेल, रंगशाला, माईतीघर मण्डला, भूगोल पार्क तथा ठूला सरकारी कार्यालयहरुका खाली स्थान टेण्ट र पालहरुले भरिएकाछन् ।

कतिपय स्थानमा सरकारले ठूला टेण्टहरु लगाएर पानी र शौचालयको ब्यावस्था गरिदिएको छ ।

शंखपार्क नजिकैको पाकिस्तानी दूतावासको खाली जग्गामा आश्रय लिन पुगेका मानिसहरुले राहत र पाल नपाएको भन्दै सरकारका विरुद्ध नारावाजी समेत गरेका छन् ।

टुडीखेल नजिकै काठमाडौं मल अगाडी मारवाडी समुदायले निशुल्क खाना र पानी वितरण गरिरहेको छ ।

तस्वीरहरु: डम्बरकृष्ण श्रेष्ठ

 

c

d1

d4

d5

 

d7

d8

d9

d10

d11

d12

d13

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>