थप समाचारसोमबार, बैशाख १४, २०७२

पशुपति क्षेत्रमा ३०० को अन्त्येष्टि

हिमालखबर

विनाशकारी भूकम्पमा परेर काठमाडौँ उपत्यकामा ज्यान गुमाएकामध्ये आज दिउँसो ३ बजेसम्म ३०० जनाको पशुपति आर्यघाट क्षेत्रमा अन्त्येष्टि गरिसकिएको छ ।

आर्य र राजराजेश्वरी घाट क्षेत्रमा दाहसंस्कारका लागि बनाइएका घाट अपुग भएपछि वाग्मती नदी किनार र नदीको पानी बहाव क्षेत्रमा समेत चिता बनाएर जलाइएको थियो । भूकम्पमा परेर मृत्यु भएकाहरूको शव शनिबार साँझदेखि नै अन्त्येष्टिका लागि पशुपति क्षेत्रमा पु¥याइएको थियो ।

तिलगङ्गाको पुल नजिक पशुपतितर्फ नदी किनारमा समेत एकैसाथ १६ चिता बनाएर दाहसंस्कारसमेत गरिएको थियो । पशुपति क्षेत्रमा दाहसंस्कार गर्न हाल विशिष्ट व्यक्तिका लागि समेत गरी ढुङ्गाले निर्माण गरिएका १२ घाट छन् ।

भूकम्पमा परेर निधन भएकाको दाहसंस्कारका लागि चिता बनाउने र त्यसका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषलाई निकै चटारो परेको छ ।

पशुपति क्षेत्रमा रहेको दि टिम्बर कर्पाेरेसन अफ नेपालले भूकम्पमा ज्यान गुमाउनेको अन्त्येष्टिका लागि आवश्यक पर्ने दाउरा निःशुल्क रुपमा उपलब्ध गराइएको महाप्रबन्धक वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

दाहसंस्कारका लागि प्रतिव्यक्ति न्यूनतम २५० किलो दाउरा आवश्यक पर्नेमा हालसम्म ३०० जनाका लागि रु सात लाख ५० हजार बराबरको दाउरा उपलब्ध गराइसकिएको उनले बताए । कर्पाेरेसनले थप दाउरा बारा र नवलपरासीबाट ल्याउने तयारी भइरहेको समेत जनाएको छ ।

कर्पाेरेसनको डिपोमा दुई हजार शवको दाहसंस्कार गर्न पुग्ने दाउरा मौज्दात रहेको बताइएको छ ।

चिता जलाउनका लागि आवश्यक पर्ने मुठा दाउरा, कपडा, घिउ, जौ÷तिललगायत सामग्रीको आवश्यक जोहो र व्यवस्थापनलाई विशेष ध्यान दिइएको पशुपति सेवा उपभोक्ता सहकारी संस्थाका सचिव गोविन्द आचार्यले जानकारी दिए ।

पशुपति क्षेत्रमा अघिपछि सामान्य अवस्थामा दैनिक २० देखि ३० वटासम्म दाहसंस्कार काम हुने गर्दछ ।

शवको चाप अत्यधिक बढेपछि कोषले अन्त्येष्टिका लागि ब्राह्णलगायतको जनशक्ति दिन सकिरहेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>