Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भूकम्प गएपछि के गर्ने, जानी राखौं - Himalkhabar.com

टिप्पणीमंगलबार, बैशाख १५, २०७२

भूकम्प गएपछि के गर्ने, जानी राखौं

हिमालखबर

भूकम्प कहिले जान्छ र कत्रो जान्छ भनेर कसैले भन्न सक्दैन। कसैले यति बजे यत्रो भूकम्प जाँदैछ भनेर भन्यो भने त्यस्तो हल्लाको पछि लाग्नु हुँदैन ।

एउटा ठूलो भूकम्पपछि मध्यम र साना खालका धेरै धक्काहरु आउनु सामान्य प्रक्रिया हो। त्यस्तो बेलाका लागि सचेत र सजग रहने ।

भूकम्प गएका बेला घरमा भए दौडँदै बाहिर निस्कन हुँदैन माथिबाट खस्ने कौशी, छानाले पुर्न सक्छ । घरभित्रै टेबल, बिछ्यौना मुनि जस्ता सुरक्षित ठाउँमा लुक्ने अथवा भित्री गारोमा अडेस लाग्नु उचित हुन्छ ।

बाहिरी गारो, सिसा, गह्रौं दराजनिर नबसौं । दराज, ढोका खोल्दा होशियारीपूर्वक खोलौं ।

भुकम्प गएका बेला घरबाहिर हुनुहुन्छ भने घर, बिजुलीको लाइन, पुलबाट टाढा बस्नुहोस, सडकबाट खुला मैदानतिर लाग्नुहोस ।

गाउँतिर खुला ठाउँमा भए खोला र नदीको किनार, ठूला रुख भएको र पहिरो आउन सक्ने ठाउँतिर नबस्नुहोस ।

समूहमा बसेका बेला आफ्नो स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिनुपर्छ । समूहमा लामो समय बाहिर बस्दा महामारी फैलन सक्छ त्यसैले आफू वरपरको वातावरण सफा राखौं र अरुलाई पनि त्यसो गर्न प्रेरित गर्नुहोस ।

खानेपानी र खानेकुराको जोहो गरिराखौं । पानी उमालेको वा सफा गर्ने औषधी हालेको मात्रै खाऔं ।

दिशा पिसाब जथाभावी नगरौं, फोहरको उचित व्यवस्थापन गरौं ।

आफू सक्षम भएमा अरुको उद्दारमा सहयोग गरौं । विपतका बेला मानिसमा त्रास फैलिएको हुन्छ यस्तोमा नकारात्मक कुरा नगरौं । सकारात्मक सोच राखौं र अरुलाई हौसला प्रदान गरौं ।

बालबालिका कुरा सुनौं र उनीहरुको स्वास्थ्य र सुविधामा विशेष ध्यान पुर्यांऔं ।

सरकारले भूकम्प प्रभावितहरुका लागि आवश्यक हुने सेवाका लागि तोकेको हेल्पलाइनमा १२३४ नम्बरमा निस् शुल्क सम्पर्क गरी आवश्यक जानकारी लिन वा दिन सकिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>