Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
महाभूकम्पको अनुमान पहिल्यै थियो - Himalkhabar.com

रिपोर्टमंगलबार, बैशाख १५, २०७२

महाभूकम्पको अनुमान पहिल्यै थियो

डम्बरकृष्ण श्रेष्ठ

Himal Bhukampa_महभूकम्पको खतराबारे बैज्ञानिकहरुले धेरै समय अघिदेखि सचेत रहन आग्रह गर्दै आएका थिए । भारतीय उपमहाद्वीप र तिब्बती प्लेटको ठक्करले बनेका हाम्रा हिमालहरू अग्लिने क्रम बढीरहेकाले नेपालले फेरि महाभूकम्प ब्यहोर्ने अनुमान गरिएको थियो ।

उपत्यका महाभूकम्प गए के हुन्छ भन्ने बारे विज्ञहरुले डरलाग्दो तथ्याङ्क दिदै आएका थिए । जसमा ८ रिख्टर स्केलको भूइँचालो आएमा उपत्यकाकमा १ लाखको मृत्यु, २ लाखको अङ्गभङ्ग, १५ लाख घरबारविहीन, अधिकांश घर–भवन ध्वस्त, विद्यालय र अस्पताल समेत भग्न हुने र सडक, पुल, विद्युत्, खानेपानी, फोन ठप्प हुने अनुमान थियो । अनुमान गरिएभन्दा निकै कम भए पनि देशभर ठूलो नोक्सानी भएको छ ।

४ हजारको ज्यान गईसकेको छ भने ८ हजार घाईते भएकाछन् । ७.९ रिख्टर स्केलको यो भूकम्पले उपत्यकाका धेरै पुरातात्विक महत्वका क्षेत्रहरु ध्वस्त भएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका सम्पादाहरु भग्नावशेषमा परिणत भएका छन् । राजधानी बाहिरका जिल्लाहरुमा समेत भूकम्पको कहर उस्तै डरलाग्दो छ । गोरखादेखि सिन्धुपाल्चोकसम्मका धेरै गाउँहरु ध्वस्त भएका छन् ।

d9भूइँचालो यसरी जान्छ
भारतीय उपमहाद्वीप र तिब्बती प्लेटको ठक्करले बनेका हाम्रा हिमालहरू अग्लिने क्रम जारी छ ।

सात करोड वर्ष अगाडि अफ्रिकाबाट उछिट्टिएर आएको भारतीय उपमहाद्वीपले एसियाको पीँधलाई अझै ठेलिराखेकाले वर्षको पाँच सेन्टिमिटरले यो अझै उत्तरतिर बढिराखेको छ । यो प्रक्रियामा जमिनमुनिको चट्टानका पत्रहरू बाँसझैँ बाङ्गिन्छन् र धेरै बाङ्गिन नसकेपछि पिटिक्क भाँचिन्छन्, अनि सतहमा भूकम्प जान्छ ।

THRUST१९९० सालको महाभूकम्प आठ रिख्टरको थियो र ५०–१०० वर्षको अन्तरालमा काठमाडौंमा त्यति ठूलो भुइँचालो गइरहेको इतिहासले देखाउँछ । वि.सं. १३१० को भुइँचालोमा राजा अभय मल्लसहित काठमाडौंका एक तिहाई बासिन्दा मारिएका थिए ।

काठमाडौंबाट पश्चिम नेपालमा केन्द्रबिन्दु भएको ठूलो भुइँचालो नगएको ३०० वर्षभन्दा बढी भइसकेकाले यो भेगमा ठूलो भुइँचालो जाने वैज्ञानिकहरुले पहिलेदेखी नै अनुमान गर्दै आएका थिए ।

काठमाडौं उपत्यका पहिले ठूलो ताल भएकाले यहाँको माटोको बनोटमा भूकम्पको धक्का बढ्ने, त्यसले जमिनलाई थलथल पारिदिने र यसले गर्दा बलियोसँग बनाइएका भवनहरू पनि ढल्ने डर हुन्छ ।

यसमाथि काठमाडौंका धेरैजसो घर, अफिस र अपार्टमेन्टहरू पनि भूकम्प प्रतिरोधी मापदण्डअनुसार नबनेकाले एकदमै जोखिमपूर्ण छन् ।

d12पूर्वानुमान भन्दा कम क्षति
यसपटकको महाभूकम्पमा पूर्वानुमान भन्दा कम क्षति हुनुको मुख्य कारण शनिवार विद्यालयहरु विदाको दिन परेर पनि हो । विद्यालय र सरकारी कार्यालयहरुमा भीड बढेको समयमा परेको भए भूकम्पका बेला हुने भागदौडले गर्ने क्षति निक्कै ठूलो हुने थियो ।

भूकम्पविद्हरूले ११ बजे बिहान अथवा सात बजे साँझ् जाने भुईंचालोबाट सबैभन्दा बढी क्षति हुने अनमान गरेका थिए । स्कूल चलेको वेला काठमाडौंका धेरैजसो स्कूल भत्कने अनुमान थियो ।

१५ वर्षअघि भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) ले काठमाडौं उपत्यकाका ४०० विद्यालयमा गरेको एक अध्ययनमा आधारित अनुमान अनुसार १९९० सालको जत्रो भुईंचालो आएमा त्यसबाट पहिलो झ्ट्कामै २९ हजारदेखि ४३ हजार शिक्षक–विद्यार्थी कक्षाकोठामै पुुरिएर मर्ने र अरू एक लाख घाइते हुने अनुमान गरिएको थियो ।_MG_0627

कुल ७२० जनाको मृत्यु भएको २०४५ सालको ६ रिख्टरको भूइँंचालोको केन्द्रबिन्दु काठमाडौंबाट २०० किमी पूर्व उदयपुरमा भए पनि भक्तपुरमा समेत घरहरू भत्केका र १२ जनाको मृत्यु भएको थियो ।

काठमाडौंको माटो पहिलेको तालमुनि भएकाले यसले भूकम्पको झट्कालाई अझ् बढाउँछ, घरहरूलाई बेस्सरी थर्काउँछ र हल्लाउँछ । त्यसैले पनि नेपालको तराई र काठमाडौं उपत्यकामा घर बनाउँदा अरू ठाउँमा भन्दा बढी भूकम्प प्रतिरोधक प्रविधि उपयोग गर्नुपर्ने सुझाव विज्ञहरुले दिदै आएकाछन् ।

तर काठमाडौंका पुराना र नयाँ घर, आवास र अपार्टमेन्ट हेर्दै ८ रिख्टरको झ्ट्कामै ढल्ने खालका छन् । जोखिमपूर्ण भवनहरूको कङ्क्रिट फ्रेम भूकम्पको थर्काई थाम्न नसक्ने प्रकृतिका छन् । बिम बाहेकका एक सल र्इंंटाका गारो छडहरू छिराएर बलियो गरी नबनाइने हुनाले सजिलै भत्कन्छन् । अहिलेको महाभुकम्पले अधिकांश पुराना र कमसल घरहरु भत्किएकाछन् ।

भूकम्प गइसकेपछि घाइतेको उद्धार, घरबारविहीनको लागि वास, लुगाफाटो, खानेकुरा र पानीको व्यवस्था ठूलै चुनौती बनिरहेको छ । ९० सालको भुईंचालोपछि काठमाडौंका धेरै नगरवासीहरू हप्तौंसम्म टुँडिखेलमा बसेका थिए । त्यतिवेला काठमाडौं उपत्यकाको जनसङ्ख्या २ लाख ५० हजार थियो भने अहिले त्यसको १० गुणा बढी छ ।

राजधानी बाहिरबाट आउँने प्लटिङ पपुलेशन समेत गरेर उपत्यकामा ४० लाख भन्दा बढी मानीस बसोवास गर्दै आईरहेकाछन् ।

भूकम्पपछि बढ्ने रोगको प्रकोप, शान्ति सुरक्षाको खतरा, खाद्यान्न अभावको कसरी सामना गर्ने जस्ता कुराको भरपर्दो ब्यावस्थापन अहिले देखिएको छैन् । राजधानीकै सडक, चोक र गल्लीहरुमा ४ दिनसम्मपनि प्रभावकारी हेल्प डेस्कहरु नहुनु र घर बाहिर खुल्ला आकाशमा बसोवास गरिरहेका मानिसहरुले पर्याप्त टेण्ट र पालहरु उपलब्ध गराउन सरकारले सकिरहेको छैन ।

४ वर्ष अघि १ माघ २०६७ को हिमाल खबरपत्रिका

४ वर्ष अघि १ माघ २०६७ को हिमाल खबरपत्रिका

राजधानीलगायत विभिन्न ठाउँका भत्केका घरहरुमा पुरिएकालाई अझै निकाल्न बाँकी नै छ । राजधानी नजिकैका सबैभन्दा बढी क्षति पुगेको काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक र गोरखामा समेत पर्याप्त राहत र उद्धार हुन सकिरहेको छैन् ।

४ वर्ष अघि १ माघ २०६७ को हिमाल खबरपत्रिकाले भुकम्पबारेको आवरण रिपोर्टमा ५ वर्ष भित्रै नेपालमा महाभूकम्प जाने अनुमान सहित जानकारीमूलक सामाग्री प्रकाशीत गरेको थियो ।

हिमाल खबरपत्रिकामा प्रकाशीत अनुसन्धानात्मक रिपोर्टमा पत्रकार कुन्द दिक्षीतले “भोली या अर्को ५ वर्षमा कुने न कुनै दिन काठमाडौं हिरोसिमा जस्तै ध्वस्त हुनसक्छ, अणु बमको विस्फोटले हैन आठ रिख्टर भन्दा बढी शक्तीशाली महाभुकम्पले ” लेखेका थिए । नभन्दै त्यस्तै भयो तर धन्य, अनुमान गरिएजस्तो क्षति हुन भने पाएन् । यद्यपी अहिले भएको क्षतिलाई पनि कम आँक्न मिल्दैन ।

भुईंचालोलाई गर्नुपर्ने तयारी
– कम्तीमा तीन दिनलाई पुग्ने गरी नबिग्रने खानेकुरा (चाउचाउ, बिस्कुट, आदि) को जोहो ।
– पानी सफा गर्ने ट्याबलेट र बोतलहरूमा पानी ।
– प्राथमिक उपचार सामग्री ।
– डोरी, पन्जा, ओढ्ने, वाटर–प्रूफ ज्याकेट, रेडियो, टर्चबत्ती, आपतकालीन स्याटेलाइट र अन्य फोन नम्बर ।
– घरनजिक भत्केर नपुरिने र सजिलै भेटिने ठाउँमा पिक, साभेल, खन्ती जस्ता खन्ने सामानको बन्दोवस्त ।
– परिवार छुट्टिनु परे, कहाँ भेट्ने पहिले नै निश्चित गर्ने ।

भूकम्प गएपछि गर्नुपर्ने कुरा
– घरमा भए दौडँदै बाहिर ननिस्कने, माथिबाट खस्ने कौशी, छानाले पुर्न सक्छ ।
– घरभित्रै टेबल, बिछ्यौना मुनि जस्ता सुरक्षित ठाउँमा लुक्ने, अथवा भित्री गारोमा अडेस लाग्ने ।
– बाहिरी गारो, सिसा, गह्रौं दराजनिर नबस्ने ।
– घर बाहिर भए घर, बिजुलीको लाइन, पुलबाट टाढा बस्ने, सडकबाट खुला मैदानतिर लाग्ने ।
– गाउँतिर खुला ठाउँमा भए खोला र नदीको किनार, ठूला रूख भएको र पहिरो आउन सक्ने ठाउँतिर नबस्ने ।
– भुईंचालोपछि धेरै पटक धक्का आइरहन सक्ने हुनाले सावधान रहने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>