थप समाचारमंगलबार, बैशाख १५, २०७२
भूकम्पमा ८ सैनिकको मृत्यु, ११ सम्पर्कविहीन
१२ बैशाखमा आएको महाभुकम्पमा ८ सैनिकको मृत्यु भएको र ११ जना सम्पर्कबिहीन रहेको नेपाली सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयद्धारा १५ बैशाखमा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता सहायकरथी जगदीश पोखरेलले ३१ सैनिक घाइते भएको जानकारी दिए ।
उपत्यका पृतना अन्तर्गत् कार्यरत ८ सैनिकको मृत्यु र २८ जना घाइते भएको तथा मध्यपृतना अन्तर्गतका ३ जनाको मृत्यु र ११ जना सम्पर्कविहीन रहेको सेनाले जनाएको छ ।
रसुवा जिल्लास्थित नारायणदल गणको मैलुङ सुरक्षा पोष्टबाट ११ जना सम्पर्क बिहिन भएको पनि सेनाले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>