थप समाचारमंगलबार, बैशाख १५, २०७२
६० घन्टापछि जीवितै उद्धार
काठमाडौंको गोंगबु बसपार्क अगाडिको साततले भवन भत्किएर पुरिएका २० वर्षीय युवकको आज जीवितै उद्धार गरिएको छ ।
भूकम्पबाट भत्किएको उक्त घरको दोस्रो तलामा युवक जिवितै रहेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी, चिनियाँ र टर्केली टोली उद्धारमा सक्रिए भएका थिए ।
सशस्त्र प्रहरी बलको ‘सर्च एन्ड रेस्क्यु’ टोली उक्त भवनको छतमा चढेर छतको ढलान काटी अर्को तलामा पुगेर त्यसको पनि ढलान काट्दै ती व्यक्ति भएको ठाउँसम्म पुगेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले समेत घटनास्थल पुगी ढलान काटी बनाइएको प्वालबाट छिरेर च्यापिएका युवासँग कुराकानी गरेका थिए ।
ढलानले कम्मरमुनि चेपिएर रहेका उनलाई बिम काटेर उद्धार गर्न खोज्दा अरु क्षति हुन सक्ने भएकाले ज्यादै सजगताका साथ उद्धार गरिएको थियो ।
घाइतेलाई उद्धारलगत्तै उपचारका लागि अस्पताल पठाइएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>