थप समाचारबुधबार, बैशाख १६, २०७२

उपत्यकाबाट बाहिरिन पनि सास्ती (सात तस्वीर)

हिमालखबर

नयाँ बसपार्क ।

नयाँ बसपार्क ।

महाभूकम्पपछि एकै दिनमा हजारौंले राजधानी छोड्न थाल्दा सवारी साधनले मनपरी भाडा असुली रहेका छन् ।

तीलगंगामा बस कुरेकाहरु

तीलगंगामा बस कुरेकाहरु

उपत्यकाबाट बाहिरिनेहरुको नयाँ बसपार्क, बालाजु, कलंकी, गौशाला लगायतका स्थानमा घुइँचो छ । रुटमा चल्ने सार्वजनिक बसको अभावमा माइक्रो बस, ट्याक्सी रिजर्भ गरेरै भए पनि राजधानीबाट बाहिरिनेको संख्या ठूलो छ । यसैबेला मौकाको अनुचित लाभ लिंदै धेरै जसो सवारी साधनले दोब्बर भन्दा बढी भाडा असुलेका छन् ।

bpark4

कलंकीमा घुइँचो

पोखरा र लमजुङ जाने माइक्रोवसले प्रतिव्यक्ति नियमित भाडा रु ४५० लिनुपर्नेमा ८०० देखि एक हजार रुपैयाँ लिएको पाइयो ।

ओमानबाट फर्किएका लमजुङका टीकाराम गुरुङले वेसीशहरसम्म ट्याक्सीलाई १३ हजार दिन तयार भए पनि ट्याक्सी चालक भने १६ हजार मागिरहेका देखिए ।

अनियमित तवरबाट रकम असुल्ने ट्रकलाई कार्वाही गर्दै प्रहरी ।

अनियमित तवरबाट रकम असुल्ने ट्रकलाई कार्वाही गर्दै प्रहरी ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका फर्पिङ, झक्तपुर र कलंकीबाट १ लाख ३१ हजार ३८३ व्यक्ति बाहिरिएका छन् ।

नयाँ वसपार्क, कलंकी र तिलगंगामा सर्वसाधारणको सेवाका लागि प्रहरी खटिए पनि सीमित संख्यामा रहेको टोलीले सबैतिर भ्याउन सकेको छैन  ।

bpark6केही बस व्यवसायीले निशुल्क बस सेवा सञ्चालन गरे पनि त्यो निकै अपुग भएको छ ।

bpark5काठमाडौंबाट पूर्वमा इटहरी र पश्चिममा बुटवलसम्म जानका लागि सरकारले निशुल्क बस उपलब्ध गराए पनि सवारी साधन अपुग हुँदा हजारौं यात्रुहरु नयाँ बसपार्क, कलकीमा जम्मा भएका हुन् ।

मानिसहरु ट्रकमा भए पनि यात्रा गर्न तयार भएका छन् ।

मानिसहरु ट्रकमा भए पनि यात्रा गर्न तयार भएका छन् ।

प्याव्सन, एनप्यावसन र हिसानले आफ्नो संस्था अन्तर्गतका ५०० वटा स्कुल बस उपल्व्ध गराउने भने पनि ६७ वटा मात्र बस आएपछि बिहानै देखि बाहिर जान नयाँ बानेश्वरमा जम्मा भएका यात्रुहरुमध्ये अधिकांश घर जान पाएनन् ।

शब्द/तस्वीर: देवकी बिष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>