थप समाचारबुधबार, बैशाख १६, २०७२
कञ्चनपुरबाट दाहासंस्कारका लागि दाउरा
महाभूकम्पमाबाट मृत्यु भएकाहरुको दाहासंस्कारका लागि पशुपति आर्यघाटमा दाउरा अभाव भएपछि कञ्चनपुरबाट दाउरा पठाइएको छ ।
यहाँका काष्ठ व्यवसायी पवन बिक्रम सिंह, घनानन्द लेखक र हरिप्रसाद खनालले १५ बैशाखमा महेन्द्रनगरबाट एक ट्रकमा १८१ क्वीन्टल दाउरा पठाएका हुन ।
“ एउटा ट्रक आज पुग्छ, थप भोली पुग्नेछ” व्यवसायी सिंहले भने ।
आर्यघाटमा दाहसंस्कारका लागि काठको कमी हुने खबर पाएपछि यहाँका काष्ठ व्यवसायीले दाउरा पठाएका हुन । उनीहरुले आवश्यकता अनुसार थप दाउरा पठाइने बताएका छन् ।
बच्चु विक, महेन्द्रनगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>