Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
साताको खेल समाचार - Himalkhabar.com

खेलकुदआइतबार, कार्तिक १९, २०६९

साताको खेल समाचार

Sandesh Panta

राष्ट्रिय:

मनाङ मर्स्याङ्दी क्लब, एपीएफ, यति हिमालयन शेर्पा लगायतका क्लबहरु आ-आफ्नो खेल जित्दै क्वार्टर फाइनलमा पुगेका छन् ।

एसीसी महिला टी-ट्वेन्टी प्रतियोगितामा नेपालले आफ्नो समूह चरणका सबै खेलमा पराजय भोगेको छ । नेपाली महिला क्रिकेटरहरुले श्रीलंकासँग २० रन,  बाङ्लादेशसँग ९ विकेट र चीनसँग ४५ रनको हार बेहोरेका हुन् । फाइनलमा भारतले पाकिस्तानलाई १८ रनले हराउँदै उपाधिमाथि कब्जा जमायो ।

१९ कार्तिकबाट २४ टोलीले भाग लिने सोल्टी क्राउन प्लाजा सुपर सिक्सेज क्रिकेट शुरु भएको छ । प्रतियोगिताको यो १४ औँ संस्करण हो । सहभागी टोलीलाई ८ समूहामा विभाजन गरिएको छ । प्रत्येक समूहका उत्कृष्ट दुई टोली अन्तिम १६ मा पुग्नेछन् । प्रतियोगिता शुक्रबार सकिनेछ ।

अन्तरराष्ट्रि

यस वर्षको फिफा बालोन डोर अवार्डका लागि मनोनयनमा परेका २३ खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ । २०१३ को जनवरी ७ तारिखमा प्रदान गरिने सो अवार्डमा मनोनयनमा परेका प्रमुख खेलाडी हरुमा लियोनल मेसी, कृस्टियानो रोनाल्डो,  इकर कसियास,  डिडियर ड्रोग्बा, रादामेल फल्काओ, आन्द्रेस इनिएस्ता, आन्द्रेय पिर्लो, वेन रूनी, रोबिन भान पर्सी र जावी रहेका छन् ।

च्याम्पियन्स लिग टी-ट्वेन्टीको उपाधि सिड्नी सिक्सर्सले जितेको छ। आइतबार अस्ट्रेलियाली टोली सिड्नी सिक्सर्सले दक्षिण अफ्रिकी हाईभेल्ड लायन्सलाई १० विकेटले पराजित गर्दै ट्रफी हात पारेको हो । दक्षिण अफ्रीकामा सञ्चालित यस प्रतियोगितामा विश्वभरीका १० टोलीले भाग लिएका थिए ।

मोटर रेसिङ अन्तर्गत फर्मुलावानमा यस सिजन पनि जर्मनीका रेड बुल रेसिङ चालक सबास्टियन भेटलले नै उपाधि जित्ने सम्भवाना देखिएको छ । आइतबार इन्डियन ग्राँ प्री जितसँगै भेटलले कुल २४० अंक जोडिसकेका छन् भने दोस्रो स्थानमा रहेका फरारिका स्पेनी चालक फर्नान्डो अलोन्सोको २२७ अंक रहेको छ । अब यस सिजनमा केवल ३ वटा ग्राँ प्री खेलिन बाँकी छ ।

गत हप्ता युरोपका प्रमुख फुटबल लिगहरु मध्ये इङ्लिश प्रिमियर लिगमा दुई हस्ती बीचको खेलले सबै भन्दा बढी चर्चा पायो । म्यान्चेस्टर युनाइटेडबिरुद्धको खेलमा रेफ्रीको विवादस्पद निर्णयका कारण घरेलु टोली चेल्सी ३-२ ले पराजित बन्न पुगेपछि रेफ्रि मार्क क्लाटनबर्गको सर्वत्र आलोचना भयो । सो खेलमा चेल्सीका जोन ओबि मिकेल र फर्नान्डो टोरेस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए भने युनाइटेडको तेस्रो गोल भिडियो रिप्लेमा अफ्साइड देखिएको थियो । जितपछि युनाइटेड २१ अंक सहित दोस्रो स्थानमा उक्लेको छ । पहिलो स्थानको चेल्सीको २२ र तेस्रो स्थानको म्यान्चेस्टर सिटीको २१ अंक छ । टट्न्हम हट्स्पर्स १७ अंक सहित चौथो स्थानमा छ ।

तर चेल्सीले लिगको हारको बदला लिग कपको जितबाट लिन सफल भयो । उसले युनाइटेडलाई अन्तिम सोर्हको प्रतिस्पर्धामा १५ गते बुधबार अतिरिक्त समयमा ५-४ ले पराजित गर्‍यो । यस अघि मंगलबारको एक अविस्वशनिय खेलमा रेडिङ आर्सनलले ०-४ को स्थिती उल्ट्याउँदै ७-५ ले खेल आफ्नो पक्षमा पार्‍यो । उसका लागि थिओ वाल्कोटले ह्याट्रिक गरेका थिए ।

स्पेनी ला लिगामा पहिलो स्थानको बार्सिलोना, दोस्रो स्थानको अट्लेटिको मड्रिड र चौथो स्थानको रियाल मड्रिड सबैले आ-आफ्ना खेल जिते । बार्सा र रियाल दुबैले अवे मैदानमा आफ्ना प्रतिद्वन्द्वी क्रमश : रायो वालेकानो र मायोर्कालाई समान ५-० ले हराए ।

इटालियन सेरी आमा एसी मिलानको कमजोर प्रदर्शन अघिल्लो हप्ता पनि जारी रह्यो । पाएर्मोसँग २-२ को बराबरी खेलेको मिलान १२ स्थानमा छ । प्रथम स्थानको युभेन्टसको २८ र दोस्रो स्थानको इन्टरको २४ अंक छ । उता जर्मन बुन्डेस्लिगामा सिजनको सुरुवात देखिनै प्रत्येक खेल जित्दै आएको बायर्न म्युनिख आफ्नो नवौँ खेलमा बायर लेभर्कुजनसँग घरेलु मैदानमा २-१ ले स्तब्ध भयो । हारका बावजुद उ अंक तालिकामा भने शिर्ष स्थानमा छ । शाल्का दोस्रो र साविक विजेता बोरुसिया डर्ट्मन्ड चौथो स्थानमा छन् ।

अर्को हप्ता हुने प्रमुख खेलहरु :

सफल पोखरा कप क्वार्टर फाइनल :

मनाङ मर्स्याङ्दी  – एपीएफ

एनआरटी – ड्रुक पोल एफसी (भुटान्)

मच्छिन्द्र – पोर्ट ट्रस्ट स्पोर्ट्स कोलकाता

यति हिमालयन शेर्पा – बाङ्लादेश यु-२३

अन्तरराष्ट्रिय लिग फुटबल:

१८ गते शनिबार :

म्यान्चेस्टर युनाइटेड – आर्सनल (बेलुकी ६:३०)

स्वान्सी – चेल्सी (बेलुकी ८:४५)

वेस्ट ह्याम – म्यान्चेस्टर सिटी (राति ११:१५)

युभेन्टस – इन्टर मिलान (राति १२:३०)

बार्सिलोना – सेल्टा विगो (राति १०:४५)

रियाल मड्रिड – रियाल जारागोथा (राति १२:४५)

ह्यामबर्ग – बायर्न म्युनिख (राति ११:१५)

गते आईतबार :

लिभरपुल – न्युकासल (बेलुकी ९:४५)

युइएफए च्याम्पियन्स लिग

२१ गते मंगलबार

म्यानसिटी – आयाक्स (राति १:३०)

रियाल मड्रिड – बोरुसिया डोर्ट्मन्ड (राति १:३०)

शाल्का – आर्सनल (राति १:३०)

गते बुधबार

ब्रागा – म्यान युनाइटेड (राति १:३०)

सेल्टिक – बार्सीलोना (राति १:३०)

युभेन्टस – चेल्सी (राति १:३०)

्रिकेट :

श्रीलंका – न्युजीलन्ड

दोस्रो एक दिवसिय १९ गते १४: ४५

तेस्रो एक दिवसिय २१ गते १४: ४५

फर्मुला वान

१९ गते आइतबार

अबुधाबी ग्राँ प्री (बेलुकी ६:४५)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>