थप समाचारबिहीबार, बैशाख १७, २०७२

अनुगमन र सहयोगमा युवा

हिमालखबर

कलंकीमा ट्याक्सीसँग भाडा सोध्दै समूहका युवा (मास्क लगाएका र पछाडि झोला भिरेका युवती )।

कलंकीमा ट्याक्सीसँग भाडा सोध्दै समूहका युवा (मास्क लगाएका र पछाडि झोला भिरेका युवती )।

महाभूकम्पको विपत्तिपछि राजधानी छोडनेहरुसँग चर्को भाडा असुल गर्ने सवारीधनी विरुद्ध युवाहरुको एक समूहले अभियान चलाएको छ ।

ठूलो क्षति भएको राजधानीको गोंगबुमा स्वयम्सेवाका लागि १५ वैशाखमा पुगेका ७ युवाहरुको समूहले बसपार्क र बालाजु क्षेत्रमा काठमाडौंबाट बाहिरिने सवारी साधनले मनपरी भाडा असुलेको देखेपछि त्यस्ता सवारी साधनधनीलाई सम्झाईबुझाई गर्ने र नमानेपछि प्रहरीलाई बोलाई कार्वाही समेत गराएका छन् ।

b4राजधानी बाहिरका विभिन्न जिल्लामा घर भई काठमाडौंमा विभिन्न पेशामा आवद्ध यि युवाहरुले बालाजुमा एक जना किशोरसँग लमजुङ जाने बसले नियमितभन्दा ७ गुणा बढी भाडा मागेको थाहा पाएपछि यो अभियान शुरु गरे । अहिले उनीहरुलाई प्रहरीले समेत सहयोग गरिरहेको छ ।

शुरुमा त उनीहरुले चालकलाई सम्झाउने प्रयास गरे । तर चालक र सह–चालकले उनीहरुका कुरा नसुनेपछि प्रहरीलाई बोलाई कार्वाही गर्न लगाए । किशोरलाई नियमित भाडामै गन्तब्यतर्फ पठाए । अरु बेला बसले ४५० रुपैयाँ भाडा लिने गरेकोमा त्यसदिन तीन हजार रुपैयाँ माग गरेको थियो ।

b6राजधानीबाट बाहिरिने यात्रुसँग बस, माइक्रोबस, ट्याक्सीले मनपरी भाडा असुलेका छन् । यात्रुबाहक सवारी साधन नपाउनेहरु ट्रकमै बसेर पनि बाहिरिएका छन् ।

“उता घरबाट छिटो आऊ भनेर बोलाइरहनुभएको छ, तर यहाँको विजोग छोडेर जान सकिएन,” सर्लाहीका ऋषि अर्यालले भने । विपत्का बेला युवाहरु उद्धार, राहत तथा अन्य सेवामा लाग्नुपर्ने उनले बताए ।

समूहका केही युवा यात्रु बनेरै बसमा चढ्ने उनीहरुसँग भाडा बढी मागियो भने सम्झाइबुझाइ गर्छन् । त्यसोगर्दा पनि नमानेपछि प्रहरीलाई बोलाई कार्वाही गर्न लगाउँछन् ।

b5तीन दिनदेखि यो समूह नयाँ बसपार्कदेखि कलंकीसम्म सक्रिय भएर काम गरिरहेको छ । “बढी भाडा असुल गर्नेलाई हामीले रोक्ने र कार्वाही गराउने प्रयास गरिरहेका छौं तर त्यो पनि पर्याप्त हुन सकेको छैन,” समूहका रवी घिसिङले भने ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख जयबहादुर चन्दले ट्राफिक प्रहरीले मात्रै सबै तिर अनुगमन गर्न नभ्याई रहेको अवस्थामा युवा समूहको यो कार्य प्रशंसनीय भएको भन्दै प्रहरीले उनीहरुसँग सहकार्य गरिरहेको बताए ।
शब्द/तस्वीर: देबकी विष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>