थप समाचारबिहीबार, बैशाख १७, २०७२

भोटेचौरमा स्थानीयले ३७ शव निकाले, उद्धारको पर्खाई

हिमालखबर

l;Gw'kfNrf]ssf] ef]6]rf}/ uflj; j8f g++ @ l:yt  j}zfv !@ ut] uPsभूकम्प आएको पाँच दिन बित्दा समेत सिन्धुपाल्चोकको भोटेचौरमा उद्धारका लागि कोही पुगेको छैन । यहाँ स्थानीय आफैंले आजसम्म ३७ जनाको शव निकालेका छन् ।

१ हजार ८० घरधुरी रहेको भोटेचौरका करिब सबै घर ध्वस्त भएका छन् । “कुनै पनि घरमा वस्न सकिने अवस्था छैन, उद्धारका लागि कोही आएको छैन,” स्थानीय भीमसेन चौँलागाइले भने ।

भोटेचौरमा स्थानीय बासिन्दा आफैंले सकेजती शव निकालिरहेका छन् । चौँलागाइका अनुसार १७ वैशाखमा निबु गाउँबाट दुई वटा शव निकालिएको छ । करिब सात हजार जनसङ्ख्या भएको यो गाविसमा तीन सयभन्दा बढी मानिस भूकम्पमा परेर घाइते भएका छन् ।

घाइतेको स्थानीय स्वास्थ्य चौकी र राजधानीका विभन्न अस्पतालमा उपचार भइरहेको स्थानीय बासिन्दाले बताए । भोटेचौर सदरमुकाम चौतारादेखि पश्चिमतर्फको काठमाडौँसँग जोडिएको गाविस हो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>