समाचारबिहीबार, बैशाख १७, २०७२

भूइँचालोको हल्ला फैलाउने दुई व्यक्ति पक्राउ

हिमालखबर

भुकम्प आउंदै छ भनेर अफवाह फैलाउने व्यक्तिलाई प्रहरीले ललितपुर र ठहिटीबाट पक्राउ गरेको छ ।

प्रहरीले ३४ वर्षीय राजेन्द्र खड्गीलाई ललितपुरको मङ्गलबजारबाट र दोलखाका हीराबहादुर थापालाई काठमाडौंको ठहिटीबाट १७ वैशाख साँझ पक्राउ गरेको हो ।

भूकम्प कहिले जान्छ र कत्रो जान्छ भनेर कसैले भन्न सक्दैन। कसैले यति बजे यत्रो भूकम्प जाँदैछ भनेर भन्यो भने त्यस्तो हल्लाको पछि नलाग्न भूकम्पविदहरुले आग्रह गरेका छन् ।police

उनीहरुले भूकम्पको मिति र समय कसैले पूर्वानुमान गर्न नसक्ने भन्दै अहिले केही व्यक्तिले फैलाएको ‘फेरि ठूलो भूकम्प आउने’ भन्ने हल्ला नपत्याउन आग्रह गरे ।

नेपाल प्रहरीले कसैले त्यस्तो हल्ला फैलाएको जानकारी पाए तुरुन्तै प्रहरीमा खबर गर्न र आफ्नो र घरको सुरक्षामा ध्यान दिन भनेको छ ।

police_tweetराष्टिय भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले ठूलो भूकम्प आएपछि स-सानf झड्का आउनु सामान्य भन्दै १२ वैशाखमा आएको महाभूकम्प पछि भूकम्पका पराकम्पनहरु दिनदिनै घटदै गएको बताए ।

१७ वैशाख बिहानदेखि बेलुका ६ बजेसम्म ४ र ५ रेक्टरका ३ वटा पराकम्पन आएको भन्दै भट्टराईले दैनिक रुपमा पराकम्पनहरु घट्दै गएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>