थप समाचारशुक्रबार, बैशाख १८, २०७२

लमजुङलाई संकटग्रस्त घोषणा गर्न माग

हिमालखबर

bसरकारले घोषणा गरेको संकटग्रस्त जिल्लाहरुको सूचीमा लमजुङलाई छुटाएको भन्दै स्थानीय नेता आक्रोशित बनेका छन् ।

लमजुङका ग्रामिण क्षेत्रमा रहेका अधिकाँश घरहरु, सरकारी कार्यालय, विद्यालय भवन ध्वस्त हुँदा समेत सरकारले बेवास्ता गरेको भन्दै स्थानीय नेताहरुले लमजुङलाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेका हुन् ।

दलहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएका छन् भने बोधार्थ गृहमन्त्रालय, शहरी विकास मन्त्रालय र संसदको राज्य व्यवस्था समितिको सचिवालयलाई दिइएको छ ।

लमजुङका धेरै गाउँहरुमा पुर्ण रुपमा भौतिक क्षेति भएका छन्, नेपाली काँग्रेस लमजुङका सभापती कृष्णप्रसाद कोईरालाले भने, तर सरकारले देखेन ।

तत्काल संकटग्रस्त जिल्ला घोषणा नभए काठमाडौँ डेलिगेसनमा जाने तयारी भएको उनको भनाई छ । बैठकमा काँग्रेस सभाषद चन्द्रबहादुर कुँवर, एमाले सभाषद जमिन्द्रमान घले, एमाओवादी सभाषद लालबहादुर गुरुङ लगायत दलका जिल्ला नेताहरुको सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार हालसम्म लमजुङमा २ हजार ६२८ घरधुरी पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने ३ हजार ७५३ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै २२ वटा विद्यालय भवन पूर्ण रुपमा भत्किएका छन् र ६५ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।

क्षतिका विवरण संकलन कार्य अझै जारी रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

महाभुकम्पका कारण लमजुङमा चार जनाको मृत्यु भएको थियो भने २७ जना घाईते भएका छन् ।

लमजुङमा भुकम्पबाट पीडित नागरिकहरुका लागि सरकारी राहत आउन नसक्दा स्थानीयस्तरमा संकलन गरिएको राहत वितरणमासमेत कठिनाई भएको छ ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>