थप समाचारशुक्रबार, बैशाख १८, २०७२
जेएनयुमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा सहयोग
भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय(जेएनयु)मा पढिरहेका नेपाली विद्यार्थीहरूले भुकम्प पीडितहरूको उपचारका लागि सहयोग पठाएका छन् । विद्यार्थीले संकलन गरेको चार लाख २५ हजार रुपियाँ लगनखेलस्थित पाटन अस्पताललाई दिएको जेएनयुबाट विद्यावारिधी गरिरहेका शंकर तिवारीले जानकारी दिए । उनका अनुसार सहयोग रकम १७ बैशाखमा अस्पतालको ब्याङ्क खातामा जम्मा गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
