थप समाचारशनिबार, बैशाख १९, २०७२
भूकम्प पीडितलाई उपेन्द्र महतोले १५ करोड बराबरको सहयोग गर्ने
व्यवसायी उपेन्द्र महतोले भूकम्प पीडितलाई रु. १५ करोड बराबरको सहयोग गर्ने घोषणा गरेका छन् ।
महतोले फूलकुमारी महतो ट्रष्ट मार्फत भूकम्प प्रभावित जिल्लाका अत्यधिक क्षतिग्रस्त स्थानमा करिब १२ करोडको लागतमा भूकम्प प्रतिरोधि विद्यालय भवन निर्माण गर्ने र भूकम्प पीडितलाई तत्कालै करिब रु ३ करोड बराबरको फेमिली टेन्ट, ओछ्यान, खाद्य र सरसफाई सामाग्री वितरण गर्ने निर्णय गरेका छन् ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत रहेका महतोले भनेका छन्, “आत्मबल, साहस र लगनशीलताका लागि विश्वव्यापी पहिचान बनाएका हामी नेपालीले आफ्नै बलबुताबाट मातृभूमिको निर्माण गर्न सक्छौं, गर्नेछौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
