थप समाचारशनिबार, बैशाख १९, २०७२
बालिका बलात्कार गर्ने हबल्दार पक्राउ
नौ बर्षीया बालिका बलात्कार गर्ने मेचीनगर–१०, झापाका ३५ बर्षीय सशस्त्र प्रहरी हबल्दार सुदिप थपलियालाई पक्राउ गरिएको छ ।
झापाको लखनपुरस्थित सशस्त्र प्रहरीको पाथिभरा गणमा कार्यरत हबल्दार थपलियाले स्थानीय बालिकालाई पटक–पटक बलात्कार गरेको खुलेपछि १८ वैशाखमा पक्राउ गरिउको हो ।
बालिकाको पिसाब नरोकिएपछि उपचारका क्रममा ती बालिकाले आफूमाथि ज्यान मार्ने धम्की दिदै थपलियाले बलात्कार गरेको खुलाएकी हुन् । बालिका पूर्व प्रहरी सहायक निरीक्षककी छोरी हुन् ।
थपलियाले अरु दुई बालिकालाई पनि यौन दूव्र्यवहार गरेको खुलेको इलाका प्रहरी कार्यालय काकडभित्ताले जनाएको छ ।
-गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
