थप समाचारशनिबार, बैशाख १९, २०७२
दुई हजारलाई पौष्टिक खाना
नेपालस्थित एक्ट अलायन्स सदस्य डीसीएले महाभूकम्प प्रभावित ललितपुर र भक्तपुरका दुई हजार परिवारलाई राहतस्वरुप पौष्टिक खाना वितरण गरेको छ ।
डीसीएले १२ वैशाखसम्म ललितपुरका जिल्लाका इकुडोल, दाल्चोकी, झ्रुवारासी, लामाटार र साँखु गाविसका एक हजारभन्दा बढी परिवारलाई प्रतिव्यक्ति २१ सय क्यालोरी बराबरको खानाको प्याकेट वितरण गरिसकेको जनाएको छ ।
संस्थाको विज्ञप्तिमा भक्तपुरका थप एक हजार परिवारलाई पनि यही परिमाणको खाना प्याकेट राहतस्वरुप हस्तान्तरण गरिएको बताइएको छ ।
नेपालका लागि डेनमार्कका राजदूत एचइ क्रिस्टेन गिलानले यी दुवै जिल्लाका भएका राहत वितरण कार्यको निरीक्षण गरेकी थिइन ।
डीसीएले प्रभावित परिवारलाई राहतस्वरुप नगद नै दिने योजना बनाएको बताएको छ । प्रभावित क्षेत्रमा पसल खुलेसँगै थालिने यो कार्यले भूकम्पपीडीतले आवश्यकता अनुसारको सामग्री खरीद गर्नसक्ने विश्वास गरिएको छ ।
भूकम्पको महाविपत्तिविरुद्ध सघाउन डीसीएले यसअघि नै ३.६ मिलियन डेनिस क्रोनर्स सहयोग गर्ने निर्णय गरिसकेको छ, जसमध्ये २ मिलियन डेनिस सरकारले उपलब्ध गराएको हो ।
विश्वका १४० देशमा रहेको एक्ट अलायन्सको सदस्य डीसीएले नेपालको प्रकोप राहतका लागि ६.५ मिलियन डलर सहयोग संकलन गर्ने लक्ष्य लिएको पनि जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
