थप समाचारसोमबार, बैशाख २१, २०७२

हेलिकप्टर दुर्घटनामा परेको छैन: सेना

हिमालखबर

naनेपाली सेनाको एनए ०३८ एमआइ १७ हेलिकप्टर दुर्घटनामा परेको समाचार सत्य नभएको धुन्चेस्थित सेनाको नारायण दल गणले जनाएको छ ।

उक्त हेलिकप्टरमा प्राविधिक समस्या भएको हो वा होइन भन्नेबारे परीक्षण गर्न अहिले धुन्चेस्थित सेनाको हेलिप्याडमा राखिएको छ ।
परीक्षणका लागि काठमाडौँबाट सेनाको प्राविधिक टोली अहिले धुन्चे आउँदै गरेको प्रमुख सेनानी लक्ष्मण थापाले जानकारी दिए ।

केही बेर अघि हेलिप्याडमा रहेको एमआइ १७ हेलिकप्टरमा जङ्गलबाट उडेर आएको प्लाष्टिकको टुक्रा खसेको थियो । प्लाष्टिकले छोएपछि त्यसले असर पारे/नपारेको थाहा पाउन हेलिकप्टर ‘स्ट्याण्ड’ गरिएको प्रमुख सेनानी थापाले बताए ।

“प्राविधिज्ञले परीक्षण गरेपछि उद्धार र राहतको कार्यमा हेलिकप्टर प्रयोग गर्छौँ,” उनले भने ।

आज बिहान मात्रै एमआइ १७ हेलिकप्टरले धुन्चेबाट लाङटाङका लागि दुई पटक उडान भरेको थियो । उक्त हेलिकप्टरले धुन्चेबाट राहत र उद्धार टोली लाङटाङ पुर्‍याउने काम गर्दै आएको थियो ।

अहिले सिम्रिक एयरको हेलिकप्टर परिचालन गरी उद्धार र राहतको कार्य अघि बढाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>