थप समाचारसोमबार, बैशाख २१, २०७२

देशभर ३६ जिल्लाका ५७५ विद्यालय पूर्णरुपमा ध्वस्त

हिमालखबर

नुवाकोटको ओखरपौवा मावि

नुवाकोटको ओखरपौवा मावि

१२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण ३६ जिल्लाका ५७५ विद्यालय पूर्णरुपमा ध्वस्त भएका छन् ।

शिक्षा विभागका अनुसार भूकम्पबाट ५७५ विद्यालयमा पूर्ण र ९६९ विद्यालयमा आंशिक क्षति पुगेको छ ।

भूकम्पका कारण सिन्धुपाल्चोकमा १२ शिक्षकको मृत्यु भएको छ भने ४,११३ कक्षाकोठा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । यस्तै, २६० वटा विद्यालय आंशिक रुपमा क्षतिग्रस्त छन् ।

नुवाकोटमा ८ शिक्षक र ३६ विद्यार्थीको मृत्यु भएको छ भने ९७ विद्यालय पूर्णरुपमा ध्वस्त र ३९० आंशिक रुपमा भत्केका छन् ।

भूकम्पले रसुवाका १० विद्यार्थीको मृत्यु भएको छ भने ४३ विद्यालय ध्वस्त भएका छन् । धादिङमा छ विद्यार्थी र पाँच शिक्षकको मृत्यु भएको छ ।

यसैगरी, गोरखामा चार शिक्षकको मृत्यु भएको छ र १,६५३ कक्षाकोठा पूर्ण रुपमा क्षतिग्रस्त छन् ।

यस्तै, काभ्रेमा दुई विद्यार्थीको मृत्यु र ५९ विद्यालयमा पूर्णरुपमा क्षतिग्रस्त, सोलुखुम्बुका ५० विद्यालय भवन पूर्णरुपमा क्षतिग्रस्त, रामेछापका २० विद्यालय र आंशिक २४० वटा विद्यालय, दोलखामा पूर्ण रुपमा ५६ विद्यालय, लमजुङमा २० विद्यालय पूर्णरुपमा, तनहुँमा २५ विद्यालय पूर्णरुपमा र १५० आंशिक रुपमा, भोजपुरमा १० विद्यालय पूर्णरुपमा र एक सय विद्यालय आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।

काठमाडौँमा ८ विद्यालयका १०० कक्षाकोठा, ललितपुरमा ९ विद्यालयका ५०१ कक्षाकोठा र भक्तपुरको १ विद्यालय र ५० कक्षाकोठामा क्षति पुगेको छ ।

भक्तपुर र ललितपुरका ९९ प्रतिशत विद्यालय र काठमाडौँका ९० प्रतिशत विद्यालयलाई भूकम्पपीडितका लागि सेल्टरका रुपमा प्रयोग गरिएको छ ।

भूकम्पका कारण बन्द गरिएका विद्यालय आगामी १ जेठदेखि सञ्चालन हुने भएका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>