थप समाचारमंगलबार, बैशाख २२, २०७२
स्कर्टिङ गरेर गाउँमा पुर्याइयो राहत

आफ्नै घरको भगनावशेषमा बसेकी गोरखा ताक्लुङ्ग गाबिसकी महिला ।
भूकम्पपीडितका लागि पठाइएको राहत सामग्री बाटोमै लुटिन थालेपछि गोरखाका पीडित युवाले स्कर्टिङ गरेर गाउँमा राहत सामग्री पुर्याएका छन् ।
राहत सामग्री बोकेको ट्रक तथा ट्र्याक्टरलाई गोरखाको बाह्रकिलो बजारदेखि अघिपछि स्कर्टिङ गरेर युवाले गाउँमा राहत सामग्री पुर्याएका हुन् ।
माथिल्लो खोप्लाङका लागि सदरमुकामबाट लगिएको राहत सामग्री तल्लो खोप्लाङ क्षेत्र (खारखोला) मा भूकम्पपीडितले नै लुटेपछि अहिले राहत सामग्री बोकेका ट्रक । ट्र्याक्टरलाई स्कर्टिङ गरिएको हो ।
गोरखाको क्षेत्र नं २ स्थित गाँखु गाविसका १२ जना युवाले राहत सामग्री बोकेको ट्रकलाई स्कर्टिङ गरेर गाउँमा राहत सामग्री वितरण गरेका छन् ।
भारतबाट आएको एक एलपी ट्रकमा रहेको खाद्यान्न तथा त्रिपाललगायतका राहत सामग्री बोकेको ट्रकलाई स्थानीय युवाले स्कर्टिङ गरेका थिए । त्यो राहत सामग्री गाँखु गाविस–५ का भूकम्पपीडितलाई बाँडिएको छ ।
त्यस्तै, राहत सामग्री लिएर क्षेत्र नं ३ को आरुघाट बजारतर्फ जाँदै गरेको बोलेरो महेन्द्रा जिपका चालकलाई स्थानीयवासीले लछारपछार गरेपछि स्थानीय प्रशासनले अहिले राहत सामग्री बोकेका गाडीमा सुरक्षाकर्मी राखेको छ ।
एक जना सशस्त्र प्रहरी र दुई जना नेपाल प्रहरीले राहत सामग्री बोकेर गाउँतर्फ गएका गाडीको सुरक्षा गर्दै आएका छन् ।
राहत सामग्रीको दुरुपयोग रोक्न सुरक्षाकर्मी खटाइएको स्थानीय प्रशासनले जनाएको छ । त्यस्तै, प्रहरीले आँबुखैरेनी गोरखा सडकखण्डमा स्कर्टिङ गरेर सोमबार दिउँसो एकदर्जनभन्दा बढी राहत सामग्री बोकेका गाडी जिल्ला दैवी प्रकोप उद्धार समितिको मातहतमा ल्याएको छ ।
क्षेत्र नं १ र २ को अधिकांश गाविसमा सडक सञ्जाल पुगेको छ । त्यस क्षेत्रमा गाडीमार्फत राहत सामग्री पठाइएको छ । राहत बोकेका गाडीमा स्थानीय भूकम्पपीडितसँगै सुरक्षाकर्मी पनि साथ रहन्छन् ।
विनाशकारी भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकलगायतका क्षेत्रमा रहेका गाविसमा सडक पहुँच छैन ।
त्यहाँ हेलिकप्टरमार्फत राहत सामग्री पठाइएको छ । पहिलोचरणमा १०० थान त्रिपाल, १० बोरा चिउरा, नुनलगायतका राहत सामग्री ६० गाविस र दुई नगरपालिका क्षेत्रमा पु¥याइएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक गोरखाका प्रमुख जिल्ला अधिकृत उद्धवप्रसाद तिमिल्सेनाले बताए ।
भूकम्पले गर्दा गोरखाभर ४१२ जनाले ज्यान गुमाएका छन् । एक हजार १०० जनाभन्दा बढी गम्भीर प्रकृतिका घाइतेको उपचार भइरहेको छ ।
जिल्लामा ५८ हजार जति घर ध्वस्त भएकामा २० हजार घरमा मात्रै त्रिपाल पुगेको छ । खाद्यान्न सामग्रीको भन्दा गाउँलेले त्रिपालको माग गरिरहेका छन् । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
