थप समाचारमंगलबार, बैशाख २२, २०७२
बाराः उद्योगमा आगलागी
वीरगन्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत बाराको जितपुरस्थित शिवशक्ति घ्यू उद्योगमा आगलागी भएको छ ।
२२ वैशाख विहान भएको आगालगीबाट ब्वाइलर मेशिनमा क्षति पुगेको उद्योगले जनाएको छ । बिहान ८ बजेतिर उद्योगको ब्वाइलर मेशीनबाट शुरु भएको आगलागी तीन घण्टापछि मात्र नियन्त्रणमा आएको थियो ।
ब्वाइलर मेशीनको थर्मोफ्लु प्लान्टको क्वायल लिकेज भएर आगलागी भएको उद्योगका प्रशासन प्रमुख सूर्य त्रिपाठीले बताए ।
आगलागीबाट रु ५०/६० लाख बराबरको क्षति भएको अनुमान छ । वीरगन्ज, कलैया, अमलेखगन्ज र सिमराबाट आएका पाँच वटा दमकलको सहयोगमा ३ घण्टा लगाएर आगो निभाएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
आगो नियन्त्रणमा लिनका लागि ईलाका प्रहरी कार्यालय सिमरा, ईलाका प्रहरी कार्यालय जितपुर, सशस्त्र प्रहरी बेस क्याम्प जीतपुर, जितपुर स्थित नेपाली सेनाको टोलीले सहयोग गरेका थिए ।
सुरेश विडारी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
