थप समाचारबुधबार, बैशाख २३, २०७२
राहत बाड्दै पूर्वप्रधानमन्त्री नेपाल
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले काठमाडाैं र सिन्धुपाल्चाेकका भूकम्प पीडितलाई राहत बाँडेका छन् ।
मदनआश्रित स्मृति प्रतिष्ठानले संकलन गरेको राहत उनले काठमाडौंको उत्तरी क्षेत्र नाङ्लेभारेको पटाप र नवीनग्राम विद्यालय, इन्द्रायणीको खुलालटार, साँखु–सुन्टोल र चौकी भञ्ज्यांगका पीडितहरुलाई दिएका हुन् ।
चामल, त्रिपाल, चाउचाउलगायतको राहत वितरण गर्न पुर्वप्रधानमन्त्री नेपाल अति प्रभावित सिन्धुपाल्चोकको भोटेचौरसम्म पुगेका थिए । उनले पीडितलाई पालको साटो कर्कट पाता वितरणको व्यवस्था गर्न प्रधानमन्त्रीसँग कुरा गरेको बताए ।
नेता नेपालले भने, ‘‘‘स्थानीय स्रोत, साधन प्रयोग गरेर भूकम्पप्रतिरोधी घर बनाउनका लागि प्रविधि आवश्यक हुन्छ । राष्ट्रले यस कुरालाई मध्यनजर गरी आगामी योजना बनाउनुपर्छ ।’’
उनले ३० केजीका १७० प्याकेट चामल, १६२ थान त्रिपाल, २०० कार्टुन चाउचाउलगायत पीडितलाई दिएका थिए । राहत वितरण कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको पनि सहभागिता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
