थप समाचारबिहीबार, बैशाख २४, २०७२
माओवादीले भूकम्प प्रभावित क्षेत्रमा कार्यकर्ता परिचालन गरे
नेकपा माओवादीले भूकम्प प्रभावित क्षेत्रमा भूकम्प नगएका क्षेत्रका कार्यकर्ता परिचालन गरेकोे छ ।
महासचिव नेत्रविक्रम चन्दले कार्यकर्तालाई जनताको सेवामा खट्न निर्देशन दिएका छन् । उनले आफ्नो पार्टी जनताको सेवा गर्न जिम्मेवार रहेको भन्दै भूकम्प प्रभावित जिल्लामा २०० सङ्ख्यामा कार्यकर्ता पठाउन लागिएको बताए ।
महासचिव चन्दले मकवानपुर र ओखलढुङ्गामा पार्टीको स्थानीय तहका नेताले सेवा गर्न लागेकाले तीबाहेक राज्यले सङ्कट घोषणा गरेका १२ जिल्लामा टोली परिचालन गरिने बताए ।
एक जिल्लामा एक केन्द्रीय सदस्यको नेतृत्वमा शुक्रबार बिहान भूकम्प प्रभावित क्षेत्रमा टोली जान लागेको उनले बताए । उनले प्रत्येक जिल्लामा १०÷१० जनाको दुई टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर आवश्यक उद्धार, जनचेतना र तत्काल बस्न अस्थायी घरटहरा निर्माण गर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
