थप समाचारबिहीबार, बैशाख २४, २०७२

भवन क्षतिग्रस्त भएपछि मदन पुरस्कार पुस्तकालय केही समयका लागि बन्द

हिमालखबर

१२ वैशाखको भूकम्पबाट ललितपुर पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालय (मपुपु) को भवन क्षतिग्रस्त भएकोले पुस्तकालयका सबै खालका सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।

मदन पुरस्कार पुस्तकालय रहेको पाटनढोकास्थित घर क्षतिग्रस्त भएको र प्राविधिकहरूले घर नै भत्काउन सल्लाह दिएपछि अर्को व्यवस्था नभएसम्मका लागि पुस्तकालयको सवै सेवा स्थगित गरिएको मपुपुले जनाएको छ ।
“इतिहासमा पहिलो पटक यसरी सेवा बन्द गर्न परेकोमा हामी अत्यन्तै दुःखी छौं। अन्य स्थानबाट सक्दो छिटो सेवा सुचारू गर्न मपुपु परिवार कटिबद्ध छ, ” पुस्तकालयका प्रमुख अमर गुरूङले भने ।

नेपाली भाषाको सबैभन्दा ठूलो अभिलेखालय मानिएको पुस्तकालय मपुपु २०१३ सालमा स्थापित भएको थियो।

गैर-नाफामुलक संस्था मदन पुरस्कार पुस्तकालय ले करिब ५,५०० फरक-फरक शिर्षकका पत्रपत्रिका ३५,००० पुस्तक, ५०,००० तस्बीर, तथा १५,००० ‘इफिमेरा’ (पर्चा, पम्पलेट्, पोस्टर आदि) र १,००० हस्तलिखित सामग्री तथा अडियो-भिडियो सामग्रीहरू सङ्कलन, सङ्ग्रहण र संरक्षण गरिरहेको छ।

पुस्तकालयले नेपाली भाषामा लेखिएको तथा छापिएको सबैभन्दा पुराना पुस्तकहरू लगायत जङ्गबहादुरको मुलुकी ऐन, विसं १९५८ मा प्रकाशित पहिलो अङ्कदेखिका गोरखापत्र, हस्तलिखित सामग्री, राणाकालिन फोटो तथा ऐतिहासिक पर्चा-पम्पलेटजस्ता सामग्रीहरू सङ्कलन तथा संरक्षण गरेको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>