थप समाचारशुक्रबार, बैशाख २५, २०७२
अाजै चार पटक भूकम्पकाे धक्का
१२ वैशाखमा गएकाे महाभूकम्पकाे पराकम्पन अझै राेकिएकाे छैन ।
आज बिहान ५ म्याग्निच्युडको भूकम्प गएको छ । दोलखा र सिन्धुपाल्चोक सिमानालाई केन्द्रविन्दु बनाएर ६ः१७ बजे भूकम्प गएको हो ।
त्यसैगरी सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर बिहान ८ः१९ मा ४ः२ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् रत्नमणि गुप्ताले जानकारी दिनुभयो । राति २ः१९ बजे पनि सिन्धुपाल्चोकलाई केन्दविन्दु बनाएर ४ रिक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
यस्तै, सिन्धुपाल्चाेकलाई नै केन्द्रविन्दु बनाएर अर्काे भूकम्प दिउँसाे १ः३२ बजे गएकाे छ । उक्त भूकम्प ४.८ म्याग्निच्यूडकाे थियाे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
