रमझमशुक्रबार, बैशाख २५, २०७२

सलमान जेल जानु नपर्नेः हाइकोर्टको फैसला

हिमालखबर

salmanमुम्बई हाईकोर्टले बलिउड अभिनेता सलमान खानलाई जमानतमा रिहा गर्ने फैसला सुनाएको छ ।

भारतीय मिडियाका अनुसार सलमान खानलाई ३० हजार रुपैयाँ जमानत लिएर अदालतले कैद सजाय नगर्ने फैसला सुनाएको छ, यद्यपी उनलाई विदेश यात्रा गर्नबाट भने रोक लगाइएको छ ।

सलमान खानले २८ सेप्टेम्बर २००२ मा मदिरा सेवन गरी गाडी चलाउँदा उनको गाडीको ठक्करबाट फुटपाथमा सुतेका एक जना मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।

दुई दिनअघि मात्रै मुम्बई सेसन कोर्टले सलमानलाई उक्त मुद्दामा दोषि ठहर गर्दै पाँच वर्ष कैद सजायको फैसला गरेको थियो । सेसन कोर्टको फैसलालाई सलमानका वकिलले मथिल्लो न्यायालय हाईकोर्टमा चुनौति दिएका थिए ।

————————————————————————————

सलमान खान दुई दिने जमानतमा रिहा

मुंबईको सेशन अदालतबाट पाँच वर्षको क़ैद सजायको फैसला सुनाइएका बलिउड अभिनेता सलमान खानले माथिल्लो अदालत (मुंबई हाइकोर्ट) बाट ४८ घण्टाको अन्तरिम राहत पाएका छन् ।

राहतपछि उनले दुई दिन जेलमा बस्नु नपर्ने भएको छ ।

सेसन अदालतले सजाय सुनाएको ७ घण्टाभित्रै हाइकोर्टले अन्तरिम कालीन राहतको फैसला गरेको हो । उनलाई जमानतमा रिहा गर्ने वा नगर्ने बारे दुई दिनपछि अदालतले पुन: सुनुवाई गर्नेछ ।

सामान्यता ५ बजे बन्द हुने सेसन अदालत हाइकोर्टको पत्र कुरेर ५:४५ सम्म खुलै रहेको भन्दै भारतीय मिडियाले अदालतको समेत आलोचना गरेका छन् ।

————————————————————————————

सलमान खानलाई पाँच वर्ष जेल सजाय

१२ वर्ष पुरानो ‘हिट एन्ड रन’ मुद्दामा भारत, मुम्बईको एक अदालतले बलिउड अभिनेता सलमानलाई दोषि सावित गर्दै ५ वर्ष जेल सजायको फैसला गरेको छ ।

न्यायाधीशले सजायको फैसला सुनाए लगत्तै सलमान भूइँमा बसेर रोएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मुम्बईको अदालतले सजायको फैसला सुनाए पनि सलमानले जमानतका लागि मथिल्लो अदालत ‘हाई कोर्ट’ मा अपिल गर्न सक्नेछन् ।

मुम्बइमा २८ सेप्टेम्बर २००२ मा सलमान खानले मापसे गरी चलाएको कारले फुटपाथमा सुतेका मानिसहरुलाई किचेको आरोपमा लागेको थियो  । उक्त घटनामा एकको मृत्यु भएको थियो भने अन्य ४ जना घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>