थप समाचारशुक्रबार, बैशाख २५, २०७२

पाँचथरमा ७६ लाख राहत संकलन

हिमालखबर

-लक्ष्मी गौतम, फिदिम

१२ वैशाखमा गएको बिनासकारी महाभूकम्पका पीडित परिवारका लागि पाँचथरमा ७६ लाख राहत रकम संकलन भएको छ ।

जसमध्ये, जिल्ला विकास समिति पाँचथरका कर्मचारीहरुले २ लाख २५ हजार १ सय ८० रुपैंया जम्मा गरेका छन । कर्मचारीको तलववाट कट्टा गरी जिविसका कर्मचारीले राहत रकम संकलन गरेका हुन् ।

जिविस अन्तरगतका ५२ जना कर्मचारीवाट १ लाख ७१ हजार ८ सय ३६ तथा ३२ जना समाजिक परिचालकवाट ५३ हजार ३ सय ४४ रुपैंया गरी यत्तिको रकम जम्मा गरिएको स्थानीय विकास अधिकारी तुलसीवहादुर श्रेष्ठले जानकारी दिए ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले खोलेको खातामा २५ वैशाखसम्म ७६ लाख ५६ हजार ३ सय रुपैया जम्मा भएको समितिले जनाएको छ ।

समितिको तयारी अनुसार जिल्लामा वितरण गरी वाँकी रहेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा खातामा जम्मा गरिने वताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>