Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यी हुन बेलायतकी २० वर्षीया सांसद - Himalkhabar.com

थप समाचारशुक्रबार, बैशाख २५, २०७२

यी हुन बेलायतकी २० वर्षीया सांसद

हिमालखबर

mhairi_blackबेलायतमा २० वर्षकी माहिरी ब्ल्याक निर्वाचन जितेर पछिल्लो ३५० वर्षकै इतिहासमा सबैभन्दा युवा सांसद बनेकी छन् ।

शुक्रबार घोषित निर्वाचन परिणाम अनुसार स्कटिश नेशनल पार्टी (एसएनपी पार्टी) कि माहिरी ब्ल्याकले लेबर पार्टीका वरिष्ठ नेता एलेक्जेन्डर डगलसलाई हराएकी हुन् ।

निर्वाचन जितेपछि माहिरीले भनिन्, “यो निर्वाचन क्षेत्र र पूरै स्कटल्याण्डका लागि आवाज उठाउनु यो निर्वाचनमा हाम्रो मुख्य मुद्दा थियो । उनले अगाडि भनिन, “म स्कटल्याण्डका लागि मात्रै होइन पुरै युनाइटेड किंगडममा सुधारका लागि प्रत्यत्नशील रहनेछु ।”

फूटबल र संगितकी सोखिन माहिरी ग्लासगो युनिवर्सिटीमा ‘पोलिटिक्स एन्ड पब्लिक पोलिसी’ को अध्ययन् गरिरहेकी छन् ।

सन् २००६ मा निर्वाचनमा उम्मेदवार हुने न्युनतम उमेर सीमा २१ बाट घटाएर १८ वर्षको बनाइएपछि माहिरीलाई सांसद हुने बाटो खुलेको हो ।

यसअघि सन् १६६७ मा १३ वर्षीय क्रिस्टोफर मान्क, सेकेन्ड ड्यूक अफ एलबेमार्ले, सबै भन्दा कान्छा सांसद बनेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>