Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नगरकोटमा आन्तरिक पर्यटक पनि बढे - Himalkhabar.com

अर्थ/बजारआइतबार, कार्तिक १९, २०६९

नगरकोटमा आन्तरिक पर्यटक पनि बढे

हिमालखबर

एक महिना अघिसम्म सामान्यरूपमा पर्यटकको आगमन हुने गरेकामा तीनसातायता पर्यटकको आगमन निकै बढेको पर्यटन व्यवसायीले बताएका छन् ।

बाह्य र आन्तरिक पर्यटकको आगमन बढेपछि नगरकोटका ३६ वटा साना ठूला होटलमध्ये अधिकाँश होटल भरिन थालेको पर्यटन व्यवसायी एवम् नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव दीपक लामिछानेले बताए ।

“नगरकोटमा साँझ पुगेपछि आफूले चाहेको होटलमा बस्न पाइन्न, अग्रिम बुकिङ गरेर जानुपर्छ”, उनले भने, “एक त पर्यटकको मौसम शुरु भएको छ, अर्कोतर्फ यसवर्ष विगतका वर्षभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।” अधिकांश ट्राभल्स एजेन्सीले नगरकोट आउनु एकसाताअघिदेखि नै होटलको अग्रिम व्यवस्था गर्ने गरेको बताउँदै बाह्य पर्यटकको आगमन बढेपछि व्यवसायीसमेत उत्साहित भएका छन् ।

नगरकोटमा अहिले आन्तरिक पर्यटकको समेत घुइँचो लाग्न थालेको होटल इलाफेन्ट हेडका सञ्चालक गोकुल लामिछानेले बताए । विगतमा आन्तरिक पर्यटक बिहान आएर नगरकोट घुमेर साँझ फर्किने गरे पनि अहिले अधिकांश आन्तरिक पर्यटक परिवार लिएर आउने र एकरात बस्ने गरेको उनले बताए ।

उनले भने, “आन्तरिक पर्यटकको आगमनसमेत बढेको छ, यसरी आउने पर्यटकलाई व्यवसायीले छुट दिने गरेका छन्, आन्तरिक पर्यटकको आगमन बढेपछि होटल व्यवसायीसमेत उत्साहित भएका छन् ।”

नगरकोटमा साना ठूला गरी ३६ वटा होटलमा करिब ७०० पर्यटक बस्ने क्षमता छ । अहिले कतिपय होटलले कोठा तथा भवन नै थप गरिसकेका छन् । नगरकोटबाट सूर्योदय र नजिकैबाट देखिने सगरमाथालगायत नेपालका प्रसिद्ध आठवटा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>