थप समाचारआइतबार, बैशाख २७, २०७२
कार नदीमा खस्दा एकै परिवारका तीनको मृत्यु
प्यूठानमा सवारी दुर्घटनामा एउटै परिवारको तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
दाङ लालमटीया–४ बाट स्वर्गद्धारी दर्शनबाट फर्कदै गर्दा बा ११ च १० ५३ नम्बरको सुजुकी कार तिराम–४ थल्लेनीमा दुर्घटना भएको हो ।
दुर्घटनामा ४० बर्षीय रुकेश गैरे, ६५ बर्षीय बुवा कृष्ण गैरे र ६० बर्षीया आमा तिला गैरेको मृत्यु भएको हो ।
बाबुछोराको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते आमा तिलालाई थप उपचारका लागि जिल्ला अस्पताल प्यूठान ल्याउँदै गर्दा मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्वर्गद्वारीबाट घरतर्फ दाङको लालमटिया देउखुरी फर्कदै गरेको कार माडी नदीमा खसेको छ । नदीमा खसेको कारबाट मृतक दुई जनालाई च्याँपिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।
दुर्घटनामा घाईते रुकेशकी ११ वर्षीया मियाँ गैरेका अनुसार रुकेश आफैले सवारी हाँकेका थिए । सामान्य घाइते बालिकाको स्वास्थ्य चौकी देविस्थानमा उपचार भइरहेकाे छ ।
-विजयसिंह भारती, प्यूठान
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
