Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
महाभूकम्पमा मृत्यु हुनेकाे संख्या ८ हजार नाघ्याे - Himalkhabar.com

थप समाचारआइतबार, बैशाख २७, २०७२

महाभूकम्पमा मृत्यु हुनेकाे संख्या ८ हजार नाघ्याे

हिमालखबर

१२ बैशाखमा गएकाे महाभूकम्पबाट मर्नेकाे संख्या ८ हजार नाघेकाे छ ।

२७ वैशाख मध्यान्हसम्ममा प्राप्त जानकारी अनुसार ८०१९ जनाको ज्यान गुमेको छ भने १६,०३३ जना घाइते भएका छन् ।

dharaharaभुकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७१३, पूर्व क्षेत्रमा ५३,  मध्य क्षेत्रमा ५८३२,  पश्चिम क्षेत्रमा ४१९ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा ९०२२, पूर्व क्षेत्रमा ३२५, मध्य क्षेत्रमा ५४७२, पश्चिम क्षेत्रमा ११९०, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् ।

साथै, महाभूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ५, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ६८ जना तथा घाइते भएका नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जनाको संख्या समेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । यसैगरी हालसम्म नेपाल प्रहरी १ जना, नेपाली नागरिक २६९ र विदेशी नागरिक १०५ जना हराइरहेका छन् ।

हालसम्म उपत्यकामा १६९१, पुर्वमा क्षेत्रमा ५०, मध्य क्षेत्रमा ५७८२, पश्चिम क्षेत्रमा ४१५ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ७९४० को शब निजहरुका आफन्तलाई बुझाइएको छ भने अन्य शबहरु विभिन्न अस्पतालहरुमा रहेको हुँदा शव सनाखतको लागि पहल भइरहेको छ ।

त्रि.बि.बि. शिक्षण अस्पताल महाराजगंजमा रहेका ३० शवहरु पहिचान हुन बाँकी छन् । भुकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६५४९४, पुर्व क्षेत्रमा ३५४५४, मध्य क्षेत्रमा १९८२६८, पश्चिम क्षेत्रमा ११३९४२, मध्य पश्चिम क्षेत्रमा ३१५४ र सुदूर पश्चिम क्षेत्रमा ३२ गरी जम्मा ४१६३४४ भौतिक संरचनाहरु क्षति भएका छन् ।

नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल र पानीलगायतका राहत सामागी वितरण कार्य भइरहेको छ । भग्नावशेष हटाउने र सरसफाई गर्ने तथा उद्दार समेतका कार्यमा देशभर नेपाल प्रहरीबाट कुल ४१ हजार ७ सय ७६ जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>