Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हामीबाट हरसम्भव सहयोग हुनेछ: जापान - Himalkhabar.com

थप समाचारसोमबार, बैशाख २८, २०७२

हामीबाट हरसम्भव सहयोग हुनेछ: जापान

हिमालखबर

जापानद्वारा सञ्चालित अस्थायी अस्पताल निरिक्षण गर्दै जापानी राजदूत ।

जापानद्वारा सञ्चालित अस्थायी अस्पताल निरिक्षण गर्दै जापानी राजदूत ।

नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपालमा पुर्‍याएको क्षतिको पुनःस्थापना र पुनःनिर्माणका लागि जापान सरकारले हरसम्भव सहयोग गर्ने बताएका छन् ।

राजधानीको चाबहिल चुच्चेपाटीमा जापानी सेनाद्वारा स्थापित स्वास्थ्य शिविरको निरीक्षणका क्रममा राजदूत ओगावाले भने, “हामी यस विपत्तिलाई सामना गर्ने क्रममा नेपालको महत्वपूर्ण साझेदार बन्न र त्यहीअनुसारको भूमिका निर्वाह गर्न तयार छौं ।”

उनले भूकम्पबाट प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि समय र स्रोतसाधन दुवै अत्यावश्यक रहेको बताउँदै जापान सरकारले आफ्नो विज्ञता र दक्षता दुवै प्रयोग गरी नेपाललाई सक्दो सहयोग गर्ने बताए ।

राजदूत ओगावाले नेपाल सरकारले राष्ट्रिय योजना आयोगको अगुवाइमा विपद्पछिको आवश्यकता मूल्याङ्कनको कार्य गरिरहेकाले त्यसको नतिजाका आधारमा सहयोगको स्वरुप निर्धारण हुने स्पष्ट पारेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>