थप समाचारमंगलबार, बैशाख २९, २०७२

देश शोकमा, तर उपेन्द्र यादवको घरमा आतिसबाजी

हिमालखबर

upendraनियम कानुनको धज्जी उडाउँदै मधेसी जनअधिकार फोर नेपालका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्रको विवाह आतिसबाजीसहित तडकभडकका साथ गरेका छन् ।

भूकम्पले देश संकटमा फसेका बेला उनले जन्ती भड्किलो बनाउन भारतबाट एक सय स्कोर्पियो र एक सजयति बोलेरो गाडी भाडामा झिकाए ।

पूर्वउपप्रधानमन्त्री यादवले आइतबार सप्तरी बथनाह १ का शशिकुमार र शोभा यादवकी छोरी मनीषालाई बुहारीका रुपमा भित्र्याएका हुन् । विराटनगर १२ हाटखोलास्थित दधिराम कम्प्लेक्स ‘फन एन्ड फुड भिलेज रिसोर्ट’ मा विवाह भएको थियाे ।

जन्तिले आतिसबाजी गर्दै पटाका पड्काएका थिए । प्रशासनले दसैं, तिहार र छट पर्वका बेलामा समेत पटाका पड्काउन र आतिसबाजी गर्न रोक लगाएको छ । यादवको रवैया देखेर स्थानीयले सानालाई ऐन ठूलालाई चैन भन्दै आक्रोश पोखेका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रभु ढकालले जन्तीको लस्कर लामो भएकाले ट्राफिक व्यवस्थापन मिलाउन हस्मेहम्मे परेको बताए ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>