Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बेलायतका नेपाली रेष्टुरेन्टहरुले एकदिनको कमाइ भुकम्प पीडितलाई दिने - Himalkhabar.com

थप समाचारमंगलबार, बैशाख २९, २०७२

बेलायतका नेपाली रेष्टुरेन्टहरुले एकदिनको कमाइ भुकम्प पीडितलाई दिने

हिमालखबर

NCA-charity-photoयुकेस्थित नेपाली रेस्टुरेन्टहरुले नेपालका भुकम्प पीडितहरुलाई एक दिनको कमाइ सहयोग स्वरुप उपलब्ध गराउने भएका छन् ।

युकेका नेपाली रेष्टुरेन्ट व्यवसायीहरुको संगठन नेपलिज क्याटरिंग एसोसिएसन युकेले आफ्ना सदस्य रेस्टुरेन्टहरुलाई एक दिन च्यारिटी आयोजना गरी सोबाट आर्जन हुने कमाइ नेपालका भुकम्प पीडितलाई दिन आहृवान गरेको छ ।

नेपालमा भुकम्पका कारण हजारौँले ज्यान गुमाइसकेको, हजारौँ अंगभंग भएको र लाखौँ घरबारविहीन भएको उल्लेख गर्दै एसोसिएसनले युकेजस्तो संभ्रान्त र विकसित देशबाट गरिएको सानो सहयोग पनि देशका लागि ठूलो हुने निस्कर्ष निकालेको छ । एसोसिएसनका अध्यक्ष विजय थापाका अनुसार अहिलेसम्म करिब एक दर्जन रेस्टुरेन्टले च्यारिटी कार्यक्रमको आयोजना गरिसकेका छन् ।

ती कार्यक्रमहरुमा प्रति रेस्टुरेन्ट करिब ५ हजार पाउण्ड संकलन भएको बताइएको छ । अध्यक्ष थापाको मुनाल तन्दुरी रेष्टुरेन्टले आयोजना गरेको च्यारिटीमा करिब ५ हजार पाउण्ड संकलन भएको जानकारी उनले दिए भने महासचिव किशोर सापकोटाको गोरखा प्यालेस फोल्क्स्टोनमा करिब ६ हजार पाउण्ड संकलन भएको छ ।

अहिलेसम्म मुनाल तन्दुरी, मोन्टिज इलिंग, गोरखा प्यालेस फोल्क्सटोन, गोरखा प्यालेस फार्नब्रो आदिले च्यारिटी कार्यक्रम आयोजना गरिसकेका छन् भने थुप्रै रेस्टुरेन्टहरु च्यारिटी कार्यक्रम आयोजना गर्दैछन् । अध्यक्ष थापाका अनुसार रेस्टुरेन्टहरुलाई च्यारिटी आयोजना गर्ने बारेमा सरसल्लाह र अनुभव आदानप्रदान गर्न एसोसिएसनले एक टोली  बनाएको छ ।

पूर्व अध्यक्ष ध्रुव केसी, अध्यक्ष विजय थापा, उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, महासचिव किशोर सापकोटा, सचिव ओजेश डंगोल र कोषाध्यक्ष दौलत राई सो टोलीमा रहेका छन् । रेस्टुरेन्ट व्यवसाय युकेमा नेपालीहरुको मुख्य व्यवसाय हो । एसोसिएसनका अनुसार करिब ३०० नेपाली रेस्टुरेन्ट युकेमा रहेका छन् । तीमध्ये एक तिहाइले मात्र एक दिनको कमाइ भुकम्प पीडितलाई दिने हो भने ५० करोडभन्दा बढी नेपाली रुपियाँ उठ्न सक्छ ।

वीनेपाली डटकमबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>