Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मंगलबारको भूकम्पका कारण ८ को मृत्यु, पराकम्प आउने क्रम जारी - Himalkhabar.com

थप समाचारमंगलबार, बैशाख २९, २०७२

मंगलबारको भूकम्पका कारण ८ को मृत्यु, पराकम्प आउने क्रम जारी

हिमालखबर

२९ वैशाखमा गएको भूइँचालोले काठमाडौंको नयाँ बजारमा घर भत्काएपछि उद्धारका लागि पुगेका सुरक्षाकर‍्मी । तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

२९ वैशाखमा गएको भूइँचालोले काठमाडौंको नयाँ बजारमा घर भत्काएपछि उद्धारका लागि पुगेका सुरक्षाकर‍्मी । तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

२९ वैशाख दिउँसो १२ः५० बजे गएको ७.३ म्याग्निच्युडको ठूलो भूकम्प लगत्तै ५ म्याग्निच्यूडभन्दा माथिका पाँचवटा पराकम्प गएका छन् ।

ललितपुर हुलाकका कर्मचारी धनप्रसाद चौलागाइँका अनुसार दोलखाको भिमेश्वर नगरपालिका– ५ स्थित घरमा रहेका उनका काका चित्रबहादुर चौलागाई र काकीको पनि मृत्यु भएको छ ।

सिन्धुपाल्चोकमा ४  जनाको मृत्यु भएको चौताराका स्थानीय निर्मलकुमारले जानकारी दिएका छन् । त्यस्तै  काठमाडौंमा दुई जनाको निधन भएको  छ ।
काठमाडौंको टेकुमा एकजनाको पर्खाल भत्क‌दा  परेर मृत्यु भएको प्रहरीले जनाएको छ त्यसैगरी सुन्दरीजलमा पनि एकको मृत्यु भएको छ ।

प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार भूकम्पले गर्दा काठमाडौंमा ७३ ललितपुरमा ७३ र भक्तपुरमा ३२ जना  घाइते भएका छन्। सिन्धुपाल्चोकमा १०० जना भन्दा बढी घाइते  भएका छन्।

त्यस्तै सीतापाईलास्थित एउटा चार तले घर पूरै ध्वस्त भएको थाहा भएको छ भने काठमाडौंको साँखु क्षेत्रमा धेरै घरहरु भत्किएको जानकारी आएको छ । नयाँ बजारमा पनि ४ तले घर लडेको छ । उक्त घरले मोटरसाइकलमा सवार एक व्यक्ति र केही बटुवाहरुलाई पुरेको  र स्थानीयको अनुमान छ । त्यहाँ सेना र प्रहरी उद्धारमा खटिइसकेका छन् ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालका अनुसार सोलुखम्बुमा पनि ठूलो संख्यामा घरहरु भत्किएका छन् । “सदरमुकाम सल्लेरीका धेरै घरहरु ढलेको हामीले देखिराखेका छौं, क्षतिको विवरण भने आएको छैन,” ढकालले भने ।

दोलखाको बोच गाविसमा रहेकी अनेरास्ववियुकी केन्द्रिय सचिव भक्तकुमारी लामाका अनुसार चारै तिर धुलो उडिरहेको छ, तुवाँलो लागेजस्तो छ । रामेछापमा ठूलो पहिरो गएको देखिएको पनि उनले बताइन् ।

भूकम्प र त्यसपछिका पराकम्पनबाट त्रसित मानिसहरु काठमाडौंका सडक र खुल्ला स्थानमा जम्मा भएका देखिन्छन् । भूकम्पबाट दोलखा, रामेछाप, सोलुखुम्बु र सिन्धुपाल्चोकमा धेरै क्षति भएको अनुमान गरिएको छ ।

usgs

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>