Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भूकम्पमा परी ६७ जनाको मृत्यु (अपडेट) - Himalkhabar.com

थप समाचारमंगलबार, बैशाख २९, २०७२

भूकम्पमा परी ६७ जनाको मृत्यु (अपडेट)

हिमालखबर

सामाखुशीमा भत्केको घरमा च्यापिएकाको उद्धार गर्दै सुरक्षाकर्मी । तस्वीर: देवकी बिष्ट

सामाखुशीमा भत्केको घरमा च्यापिएकाको उद्धार गर्दै सुरक्षाकर्मी । तस्वीर: देवकी बिष्ट

आज २९ वैशाखमा गएको भूकम्पबाट रामेछापमा १६ जनाको मृत्यु भएको स्थानीय पत्रकार युनिक विफा घिसिङले जानकारी दिएका छन् । त्यसैगरी दोलखामा ३४  जनाको मृत्यु, ५० घाइते भएको पत्रकार सर्मिला बुढाथोकीले जानकारी दिएकी छन् । बुढाथोकीका  अनुसार सदरमुकाममा रहेका कच्ची घर लगभग सबै ध्वस्त भएका छन् ।

रामेछापमा गम्भीर घाइते आठ जनालाई नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाडौँ लगेको बर्दबहादुर गणका सेनानी राजन दाहालले जानकारी दिए । सदरमुकाम चरीकोटका २५ भन्दा बढी पक्की घर भत्किएको उनले बताए ।

नाम्चे नजिकै उडिरहेको हेलिकोप्टरबाट डा ललितले खिचेको भूकम्प लगत्तै पहिरो जाँदै गरेको दृष्य । तस्वीर:  @DoctorsForNepal को ट्वीटरबाट

नाम्चे नजिकै उडिरहेको हेलिकोप्टरबाट डा ललितले खिचेको भूकम्प लगत्तै पहिरो जाँदै गरेको दृष्य । तस्वीर: @DoctorsForNepal को ट्वीटरबाट

सिन्धुपाल्चोकमा ९ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

काठमाडौंको टेकु, मातातिर्थ र सामाखुशीमा एक-एकजनाको मृत्यु भएको छ भने ललितपुरको लेलेमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुलीको मझुवामा १ र नेत्रकालिकामा १ जनाको मृत्यु भएको छ ।

सर्लाहीको हरिवन १० सखेपोखरीमा सुखेपोखरी उच्चमावीको पर्खाल भत्किदा स्थानीय सुकमाया मगरको मृत्यु भएको स्थानीय पत्रकार विश्वनाथ ठाकुरले जानकारी दिए । घरबाट भाग्दै गर्दा स्कुलको पर्खालले च्यापिएर  रमेश मगर घाइते भएका छन् ।

इटहरीमा पनि एकजनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।

प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार भूकम्पले गर्दा काठमाडौंमा ७३ ललितपुरमा ७३ र भक्तपुरमा ३२ जना घाइते भएका छन्। सिन्धुपाल्चोकमा १०० जना भन्दा बढी घाइते भएका छन्।

त्यस्तै सीतापाईलास्थित एउटा चार तले घर पूरै ध्वस्त भएको थाहा भएको छ भने काठमाडौंको साँखु क्षेत्रमा धेरै घरहरु भत्किएको जानकारी आएको छ । नयाँ बजारमा पनि ४ तले घर लडेको छ । उक्त घरले मोटरसाइकलमा सवार एक व्यक्ति र केही बटुवाहरुलाई पुरेको र स्थानीयको अनुमान छ । त्यहाँ सेना र प्रहरी उद्धारमा खटिइसकेका छन् ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालका अनुसार सोलुखम्बुमा पनि ठूलो संख्यामा घरहरु भत्किएका छन् । “सदरमुकाम सल्लेरीका धेरै घरहरु ढलेको हामीले देखिराखेका छौं, क्षतिको विवरण भने आएको छैन,” ढकालले भने ।

दोलखाको बोच गाविसमा रहेकी अनेरास्ववियुकी केन्द्रिय सचिव भक्तकुमारी लामाका अनुसार चारै तिर धुलो उडिरहेको छ, तुवाँलो लागेजस्तो छ । रामेछापमा ठूलो पहिरो गएको देखिएको पनि उनले बताइन् ।

भूकम्प र त्यसपछिका पराकम्पनबाट त्रसित मानिसहरु काठमाडौंका सडक र खुल्ला स्थानमा जम्मा भएका देखिन्छन् । भूकम्पबाट दोलखा, रामेछाप, सोलुखुम्बु र सिन्धुपाल्चोकमा धेरै क्षति भएको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>