Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
काठमाडौंमा केही होटल र भवनहरु क्षतिग्रस्त - Himalkhabar.com

थप समाचारमंगलबार, बैशाख २९, २०७२

काठमाडौंमा केही होटल र भवनहरु क्षतिग्रस्त

हिमालखबर

bhukampaआजको भूकम्पका कारण काठमाडौँका विभिन्न ठाउँमा थप घर भत्किएका छन् भने कतिपय ठाउँमा सडक अवरुद्ध हुँदा सवारी आवागमनमा असहज भएको छ ।

यसअघिको विनाशकारी भूकम्पबाट चर्किएर खतराको चिन्ह (रातो) मा रहेको सामाखुशी चोक नजिकका माइला सुनुवार (कृष्णनन्द) को छ तले घर भत्किँदा सँगैको साइबर पसलमा क्षति भएको छ । साइबरमा एक बच्चा परेको आशंकामा तीनवटै सुरक्षा निकायका साथै अमेरिकी सेनाको टोलीले उद्धार गरिरहेका छन् ।

नयाँ बजारको पिपल्स डेन्टल अस्पतालमा पनि थप क्षति पुगेको छ । अस्पतालका चिकित्सक डा दीपक श्रेष्ठका अनुसार अस्पतालभित्र रहेर सेवा दिन सक्ने अवस्था छैन । नयाँ बजारको मुख्य सडकमा रहेको एक घर भत्कँदा सो क्षेत्रको सवारी आवागमनमा समेत बाधा पुगेको थियो ।

नयाँ बसपार्कस्थित मित्रनगरमा यसअघि चर्किएका घर भत्किएको र ढल्किएको तथा टेलिफोनका लाइन अवरुद्ध भएको स्थानीय आदर्श श्रेष्ठले जानकारी दिए ।

गोंगबु क्षेत्रमा करिब ६ ठूला होटल तथा घरहरु भत्किएका छन् भने दर्जनौं घर भासिएका छन् ।

त्रिवि शिक्षण अस्पताल हिमालयन बैंक बसेको भवन पूरै चर्किइ खतराको स्थितिमा छ । कपन नीलोपुलस्थित ईन्द्र श्रेष्ठको पाँचतले घर पनि भासिई केही भाग सडकमा खसेको छ ।

जैसीदेवल न्हुघः टोलमा एक घर भत्किए पनि मानवीय क्षति भने भएको छैन । ओमबहाल टोलमा चर्किएका केही घरहरु भत्किएका छन् । असनमा गणेश मन्दिर पछाडिको एक घर भत्किएको छ ।

साँखु क्षेत्रमा थप घरहरु भत्किएका छन् र त्यहाँ करिब १२ जना घाइते भएको बताइएको छ । त्यस्तै ललितपुर बुङमतीमा पनि पुराना केही घरहरु भत्किएका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>