थप समाचारबिहीबार, बैशाख ३१, २०७२

भूकम्पपछि तीन हजार पहिरो

हिमालखबर

लगातारको भूकम्पले प्रभावित १४ जिल्लामा तीन हजार पहिरो गएको छ। तीमध्ये केही पहिरो बढी नै जनधनको क्षति गराउने अवस्थाका छन्।

संसारभरिका विभिन्न अनुसन्धान संस्थाको सहयोगमा इसिमोडले गरेको प्रारम्भिक प्रतिवेदनअनुसार ६ वटा ठूला पहिरोले नदी थुनिएको छ। यी जुनसुकै बेला फुटेर तल्लो क्षेत्रमा ठूलो बाढीपहिरो ल्याउन सक्छन्।

इसिमोडको नेतृत्वमा नेपाल सरकार, नासा, यूएसजीएस तथा युरोपियन र चिनियाँ अनुसन्धान संस्थाका वैज्ञानिकहरूले भूउपग्रह तस्बिरका आधारमा भूकम्पपछिका पहिरो अध्ययन गर्न कार्यदल नै गठन गरेका थिए।

वैज्ञानिकहरूले मंगलबार गएको भूकम्पले थप पहिरोको सम्भावना बढाएको अनुमान गरेका छन्। तीन हजार पहिरोमध्ये अहिले पनि चार सय ठूलासाना पहिरो खसिरहेका छन्।

अन्नपूर्ण पाेस्ट दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>