थप समाचारबिहीबार, बैशाख ३१, २०७२

‘एक कप चिया अभियान’ अन्तर्गत दश लाख रुपैयाँ जम्मा

हिमालखबर

नेपाल विद्यार्थी संघले भूकम्पपीडितको सहयोगका लागि शुरु गरेको एक कप चिया अभियान अन्तर्गत १० लाख रुपैयाँ जम्मा गरेको छ ।

विनाशकारी भूकम्पका कारण विभिन्न जिल्लामा सर्वसाधारण पीडित बनेका कारण उनीहरुलाई सहयोग पुर्‍याउन नेविसंघले ‘एक कप चिया अभियान’ शुरु गरेको हो ।

प्रवक्ता युपी लामिछानेका अनुसार संघका प्रत्येक सदस्यलाई न्यूनतम एक कप चिया भूकम्पपीडितको सहयोगका लागि खर्च छुट्याउन आग्रह गरिएको छ ।

“अभियान अन्तर्गत हालसम्म रु १० लाख जम्मा भइसकेको छ । सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत भूकम्पपीडितको सहयोगका लागि पठाइने छ ।” – उनले भने ।

संघले भूकम्पका कारण समस्याग्रस्त जिल्लामा उद्धार तथा राहतका लागि जुट्न जिल्ला समितिलाई आग्रह गरेको छ ।

प्रभावित नबनेका जिल्लाका समितिलाई सहयोग जुटाएर पठाउन तथा समस्याग्रस्त जिल्लाका समितिलाई त्यही उद्धार तथा राहतका लागि जुट्दै पीडितलाई सहयोग गर्न केन्द्रले निर्देशन दिएको प्रवक्ता लामिछानेले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>